२७ पुष २०८२, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा टिपरले ट्याक्टरलाई ठक्कर दिँदा एक जना गम्भीर घाईते – Nigrani Today
ताजा खबर

सर्लाहीमा टिपरले ट्याक्टरलाई ठक्कर दिँदा एक जना गम्भीर घाईते

सर्लाहीमा टिपरले ट्याक्टरलाई ठक्कर दिँदा एक जना गम्भीर घाईते भएका छन्। जिल्लाको बरहथवा नगरपालिका वटा नम्बर ११ स्थित मधुवनी – नयाँरोड सडकखण्डमा आईतबार बिहान टिपरले ट्याक्टरलाई ठक्कर दिँदा एक जना गम्भीर घाईते भएका हुन्।

दुर्घटनामा घाईते हुनेमा जिल्लाको बरहथवा नगरपालिका ४ निवासी अन्दाजी ३० बर्षिय अनिल महतो रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको अवस्था गम्भीर छ। बरहथवामा सामान्य उपचारपछि थप उपचारका लागि काठमाण्डौ लगिएको छ।

गिट्टी बोकेको ना १ अ या १५८ नम्बरको टिपरले बिपरित दिशाबाट उखु बोकेर आउँदै गरेको ट्याक्टरलाई ठक्कर दिएको थियो। दुर्घटनामा परेका दुवै सवारीसाधन प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

टिपर मधेश प्रदेशका प्रदेश शभा सदस्य बिरेन्द्र प्रसाद सिंहका दाई सुरेन्द्र सिंहको क्रसर उद्योगको रहेको पाईएको छ भने दुर्घटनामा टिपर चालक सर्लाहीको बसबरिया गाउँपालिका ३ निवासी सन्तोष कुमार सिंह सामान्य घाईते भएको र उनलाई उपचारका लागि उनका आफन्तले नै अस्पताल लगेको इलाका प्रहरी कार्यालय हिरापुरले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button