२ माघ २०८२, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
जसपा नेपालको केन्द्रीय समन्वय समितिको प्रथम बैठक सुरु – Nigrani Today
Uncategorized

जसपा नेपालको केन्द्रीय समन्वय समितिको प्रथम बैठक सुरु

‎काठमाडौँ १, माघ । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण भएपश्चात गठन गरिएको ४८ सदस्यीय केन्द्रीय समन्वय समितिको प्रथम बैठक केहीबेरअघि सुरु भएको छ ।
बिहिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आह्वान गरिएको बैठकमा पार्टीका संरक्षक महन्थ ठाकुर, अध्यक्ष उपेन्द्र यादवसहित केन्द्रीय समन्वय समितिका सदस्यहरूको उपस्थिति रहेको छ । बैठकमा पार्टी एकीकरणपछिको सांगठनिक संरचना, समन्वय, भावी कार्यदिशा तथा समसामयिक राजनीतिक गतिविधिबारे छलफल भइरहेको छ ।
‎विशेषगरी यही माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनसम्बन्धी विषयमा केन्द्रित रहेर छलफल सुरु गरिएको छ । निर्वाचनमा पार्टीको रणनीति, उम्मेदवार चयन र व्यवस्थापन तथा गठबन्धनसम्बन्धी एजेन्डाहरूमा विचार–विमर्श भैरहेको जनाइएको छ ।
बैठकमा एजेन्डागत रुपमा नेताहरुले आ–आफ्नो सुझावसहित विचार राख्ने क्रम जारी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button