१२ चैत्र २०८०, सोमबार | Email:- [email protected] | [email protected]
रौतहटमा रेलको पुल अलपत्र – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

रौतहटमा रेलको पुल अलपत्र

रौतहट । मधेस प्रदेश रौतहटको चन्द्रपुर नगरपालिका– ८ स्थित बेतौनामा रेल्वेको पुल अलपत्र परेको छ । निर्माण थालिएको सो रेल्वे पुल अधुरो छोडेर निर्माण कम्पनीले अहिले सम्पर्कमा छैन् । बाटोको दायाँबायाँ राखिएको फलामे रड दश महिनादेखि अलपत्र पारेपछि त्यसमा खिया खिया समेत लाग्न थालेको छ ।

नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलका नेता एवं बाग्मती प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका निर्माण व्यवसायी बहादुरसिंह लामा तामाङ्गको जेभि रहेको निर्माण कम्पनी रौताह÷हिम्डुङ एण्ड थोकर÷कन्काइले पुल अलपत्र पारेको भन्दै स्थानीय चिन्तित बनेका हुन । पुलको २०७९ भदौ १२ गतेनै ४ करोड ४९ लाखको बिल रेल, मेट्रोरेल तथा मोनोरेल विकास योजना कार्यालय, सर्लाही लालबन्दी पेश गरी निर्माण कम्पनीले भुक्तानी समेत लिइसकेको छ ।

र्आिथक वर्ष २०७५÷०७६ मा ठेक्का सुरु भएपनि निर्माण कम्पनीले पटकपटक म्याद थप गरेको कार्यालयले जनाएको छ । तिर पनि निर्माण कार्यलाई पुरा नगरी पुल अधुरै छोडेको छ । रेल, मेट्रोरेल तथा मोनोरेल विकास योजना कार्यालय, सर्लाही लालबन्दीका इन्जिनियर सुरेशप्रसाद साहले लामो समयदेखि निर्माण कम्पनी सम्पर्कविहीन भएकाले पुल अलपत्र परेको बताए ।

निर्माण कम्पनीको जिम्मवारी लिएको निर्माण व्यवसायी महासंघका उपमहासचिव शिवहरी घिमिरेलाई सम्पर्कमा आउन ताकेता गरिएको उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.