काठमाडौं,१२ श्रावण ।नेपाली कांग्रेसले गठन गरेको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ ।आज प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई समिति संयोजक रमेश लेखकले सदस्यता छानविन समितिको प्रतिवेदन बुझाएका हुन् ।
८ लाख ५२ हजार क्रियाशील सदस्यताको विवरणसहितको प्रतिवेदन बुझाएपछि कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका नेता लेखकले जानकारी दिए ।विवाद भएका स्थानमा १३ औँ महाधिवेशनको क्रियाशील सदस्यताका आधारमा महाधिवेशन गर्ने निर्णय समितिले गरेको छ ।
नेता लेखकले १३ औं महाधिवेशनमा ३३ वटा निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता टुंगोमा पुग्न नसकेको अवस्थामा अहिले भने केही स्थानमा मात्रै विवाद समाधान नभएको लेखकले जानकारी दिए ।