२३ भाद्र २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
नेपाल विद्युत प्राधिकरणले ६ लाख भन्दा बढि राजस्व संकलन ग¥यो – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

नेपाल विद्युत प्राधिकरणले ६ लाख भन्दा बढि राजस्व संकलन ग¥यो

मुकेश झा
मलंगवा,११ असोज । सर्लाहीमा नेपाल विद्युत प्राधिकरण मलंगवा शाखाले गत आ.व.को पुष महिना देखि हुकिङ्ग नियन्त्रण अभियान सुरु गरेको छ । जसमध्ये आर्थिक वर्ष २०७७÷७८ को पुष महिना देखि आर्थिक वर्ष २०७८÷०७९ असोज ८ गते सम्म २ सय ४७ जनालाई नियन्त्रणमा लिई कार्वाही समेत गरेको छ ।

चालु आ.व.०७८÷७९ को सुरु देखि हाल सम्ममा ९५ जना उपर बिधुत चुहावट गरेको भन्दै नियन्त्रणमा लिई कार्वाही गर्दा ६ लाख भन्दा बढि राजस्व संकलन गरेको नेपाल विद्युत प्राधिकरण मलंगवा शाखाका प्रमुख विनोद कुमार यादबले जानकारी दिए ।

कार्वाही गरिएको ९५ जना व्यक्तिहरुमा कौडेना गाउँपालिकाबाट २५ जना , गोडैता नगरपालिकाबाट २८, रामनगर गाउँपालिकाबाट २ जना , बलरा नगरपालिकाबाट २ जना , धनकौल गाउँपालिकाबाट १ जना , पर्सा गाउँपालिकाबाट १ जना , हरिपूर्वा नगरपालिकाबाट १ जना, कविलासी नगरपालिकाबाट १३ जना, चन्द्रनगर गाउँपालिकाबाट ५ जना, ब्रह्म्पुरी गाउँपालिकाबाट ५जना, चक्रघट्टा गाउँपालिकाबाट ७ जना, र मलंगवा नगरपालिकामा ५ जना रहेको नेपाल विद्युत प्राधिकरण मलंगवा शाखाका प्रमुख यादबले जानकारी दिए ।

यसैगरी पक्राउ परेका ७४ जनाहरु सँग फ्रिज ३ थान, वाटर पम्प स्रोह थान, सोयिङ्ग मेसिन १ थान, वेलडिङ्ग मेसिन ४ थान, हावा ट्याङकी २ थान, सिङ्गगल फेज स्टेपलाईजर ३ थान, ड्रिल मेसिन १३ थान,काठको काममा प्रयोग हुने रण्डा ७ थान, सेलिङ्ग फयान ४ थान, १४ सय मिटर तार लगायतको अन्य सामग्री समेत नियन्त्रणमा लिइ नेपाल विधुत प्राधिकरणको कार्यालयमा राखिएको विद्युत प्राधिकरण मलंगवा शाखाका प्रमुख यादबले जानकारी दिए ।सर्लाहीमा अहिले पनि हुकिङ्ग बाट प्रत्येक पालिकामा बिधुत चुहाबट भैरहेको छ ।

बिद्युत चुहावट नियन्त्रणको लागि चालु आ.व.मा विशेष सूचनाको आधारमा विद्युत प्राधिकरण मलंगवा शाखाका प्रत्येक दिन फरक फरक पालिकामा जाने गरेको छ । सोही अनुरुप पक्राउ परेकाहरुलाई विद्युत चुहावट अनुरुप जरिवाना गरिएको विद्युत प्राधिकरण मलंगवा शाखाका प्रमुख यादबले बताए ।विद्युत चुहावट नियन्त्रणको पहिलो चरणमा मलगंवा शाखा अन्र्तगत रहेको बिभिन्न पालिकाहरुमा ५ सय भन्दा बढि व्यक्तिहरुलाइ समान्य कार्वावाही तथा समझाई बुझाई गरी छाडिएको नेपाल विद्युत प्राधिकरण मलंगवा शाखाका प्रमुख यादबले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.