६ कार्तिक २०८१, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मोटरसाइकल दुर्घटनामा परी सर्लाहीमा दुई जनाको मृत्यु – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

मोटरसाइकल दुर्घटनामा परी सर्लाहीमा दुई जनाको मृत्यु

सर्लाही,१८ फागुन । सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको औरही न.पा.१ बस्ने बर्ष ३२ को चन्दन कुमार साह , र कविलासी न.पा.२ पिपरिया बस्ने बर्ष २५ को राम विश्वास मण्डल रहेका छन ।

आज बिहान ईश्वरपुर न.पा.–१३ अमुवा खोला स्थित भित्रि सडक खण्डमा गौरीशंकरबाट बयलबास तर्फ जाँदै गरेको ज.११प. ८९४५ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई पुलको दाहिने साईडमा ठक्कर दिँदा पुलबाट ५ मिटर तल खसेको थियो ।

दुर्घटा पश्चात दुबै जनाको मृत्यु भईसकेको र आवश्यस अनुसन्धान तथा मुचुल्का गरी पोष्टमार्टमको लागी दुबै लास प्रादेशिक अस्पताल मलंगवा पठाईएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button