खेलकुदताजा खबरमधेश प्रदेशसमाचार
मन्त्री सिंहले गरे प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताको उदघाटन
राजविराज १७ असार । मधेश प्रदेशका बालबालिका युवा तथा खेलकुद मन्त्री माननीय बिरेनद्र प्रसाद सिंहले आज राजविराज पुगेर प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता २०७९ को प्रमुख अतिथिको रूपमा समुदघाटन गर्नु भएको छ ।
महेन्द्र नारायण निधि नाम रहेको प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता २०७९ को वहाले उदघाटन गरेको हो । यश प्रतियोगितामा मधेश प्रदेशका ८ जिल्लाको क्रिकेट टिमहरूले सहभागीता जनाएको छ ।
यो प्रतियोगिता १५ दिन भनदा बढि समय सम्म चलने आयोजकले बताएको छ । जसमा प्रदेशकै नामचिन ख्याती कमाएका खेलाडीहरू सहभागी रहेको छ । क्रिकेट टुर्नामेन्ट देखनको लागि मात्र प्रदेश भरिबाट हजारौ हजार खेल प्रेमि दर्शक यश प्रतियोगिता सहभागी भएका छन ।