११ आश्विन २०८१, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीको विभिन्न पालिकाले ल्यायो वार्षिक नीति तथा कार्यक्रम – Nigrani Today
Musical Night Live show Enjoy!
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीको विभिन्न पालिकाले ल्यायो वार्षिक नीति तथा कार्यक्रम

सर्लाही,१० असार । सर्लाहीको विभिन्न पालिकाहरुले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आज सर्लाहीको चन्द्रनगर, लालबन्दी, हरिपुर, हरिवन, ईश्वरपुर, हरिपुर्वा, मलंगवा, गोडैता, पर्सा, रामनगर लगायतको पालिकाहरुले आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम सर्वाजनिक गरेको छ ।

यसैक्रममा हरिपुर नगरपालिकाका नगरप्रमुख गोपाल पंजियारको अध्यक्षता तथा संविधानसभा सदस्य काँग्रेस नेता रामचन्द्र चौधरीको प्रमुख आतिथ्यतामा एक भव्य कार्यक्रमको आयोजना गरि नगरपालिकाले कुल ६६ करोड ६३ लाख ५६ हजार बराबरको नीति, कार्यक्रम तथा प्रस्तुत गरेको हो ।

नगरपालिकाकै सभाहलमा भएको नगरसभामा संघीय सरकारबाट प्राप्त हुने ५६ करोड ६६ लाख ६३ हजार, प्रदेश सरकारबाट प्राप्त हुने ३ करोड ५९ लाख २८ हजार र अघिल्लो वर्षबाट ल्याइएको ५ करोडसहित कुल ६६ करोड ६३ लाख ५६ हजार बराबरको नीति तथा कार्यक्रम सार्वजिनक गरिएको नगरपालिकाले जनाएको छ ।नगर प्रमुख पंजियारले नगरसभामा प्रस्तुत गरेको नीति, तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी बाटोघाटो र पुलपुलेसा निर्माणलाई प्राथमिकतामा राखिएको छ ।

हरिपुर नगरपालिकाले अघिल्लो आर्थिक वर्ष कुल ६३ करोड ५९ लाख ८४ हजार ५३३ रुपैयाँ बराबरको निती तथा कार्यक्रम ल्याएको थियो । यस वर्ष गतवर्षभन्दा तीन करोड तीन लाख ७१ हजारले बढाएर बजेट सार्वजनिक गरिएको छ ।

यसैगरी चन्द्रनगर गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को लागि १४ औं गाउँ सभा मार्फत ५७ करोड, २६ लाख ९ हजार रुपयाको प्रस्तावित वार्षिक बजेट तथा तथा नीति तथा कार्यक्रम सर्वाजनिक गरेको छ ।

त्यस्तै ईश्वरपुर नगरपालिकाको १२ औं नगर सभामा नगर प्रमुख मनोज कुमार आचार्यको अध्यक्षतामा आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम सर्वाजनिक गरेको छ । ईश्वरपुरमा आर्थिक वर्ष २०८१÷०८२ को प्रस्तावित वार्षिक बजेट रु. ९४ करोड, ४९ लाख, ८३ हजार ५ रुपैया रहेको सूचना प्रविधि अधिकृत शम्भु महतोले जानकारी दिनुुभयो ।

असार १० गते भित्रै सम्पूर्ण पालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने कार्यतालिका अनुसार सर्लाहीका ११ वटा पालिकाले आजै नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । बागमती नगरपालिकामा भने मेयर र उपमेयर भ्रटाचार मुद्धामा निलम्बन परेका कारण बजेट सार्वजनिक गर्न सकेको छैन । उता विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादव बिरामी भएरका कारण कार्यक्रम नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छैन ।

 

https://nigranitoday.com/wp-content/uploads/2024/09/WhatsApp-Image-2024-09-26-at-20.00.30-1.webp

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button