८ मंसिर २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
नेतृत्व क्षमता बिकास तालिम सम्पन्न – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचार

नेतृत्व क्षमता बिकास तालिम सम्पन्न

सर्लाही । सर्लाहीको बागमती नगरपालिका नयाँरोडमा रहेको होटेल सिता प्यालेसमा सवालको पहिचान, पैरवी तथा नेतृत्व क्षमता बिकास तालिम सम्पन्न भएको छ । दि एशिया फाउन्डेशन÷यू. यस.ए.आई.डी.को सहयोगमा नेपाल एकिकृत बिकास समाज, लालबन्दीको आयोजनामा उक्त तालिम सम्पन्न भएको छ । बिद्यालय शिक्षा सुधारको लागि सामुदायिक संलग्नता कार्यक्रम अन्तरगत “सवालको पहिचान, पैरवी तथा नेतृत्व क्षमता बिकास तालिम सम्पन्न भएको छ ।

धनकौल गाँउपालिकाका सातै वडाका शिक्षा पैरवी समुहका सदस्यहरु लगायत स्थानिय शिक्षा अभियानीहरुलाई समेटेर जम्मा ३९ जना सहभागीहरुलाई क्षमता अभिवृद्धी तालिम दुई ब्याचमा सम्पन्न गरिएको आयोजकले जनाएको छ । पहिलो समुहमा धनकौल गाँउपालिका वार्ड नं. १, २, ४ र ७ का जम्मा २० जना सहभागीहरु थिए भने दोस्रो समुहमा वडा नं. ३, ५ र ६ का सहभागीहरु थिए । प्रशिक्षक अशोक साहले सहजीकरण गरेको तालिमका प्रमुख उदेश्य सहभागीहरुको नेतृत्व क्षमता बिकास गर्ने साथै सामुदायिक बिद्यालयहरुमा रहेको समस्याहरुको पहिचान गरी सो समस्याहरुको समाधानकालागि पैरबी गर्ने ज्ञान, शिप र धारणामा सकारात्मक परिवर्तन ल्याउन तालिमको मुख्य उदेश्य रहेको आयोजक संस्थाले जनाएकोे छ ।

तालिमका सहभागी जुगल महतो भन्नुहुन्छ “यस क्षमता अभिवृद्धी तालिमले हाम्रो सोचने शैली, बिद्यालय प्रतिको उदासिनता र पैरवी गर्ने शिप साथै नेतृत्वमा हुनुपर्ने गुणको वारेका यस तालिमले धेरै कुराहरु शिकाएको छ । आगामी दिनमा तालिम अवधीमा बनाएको कार्ययोजना अनुरुप बिद्यालय सुधारको लागि हामी अवश्य काम गर्नेछु ” । तीन दिने आवाशिय तालिमले सबै सहभागीहरुमा सामुदायिक बिद्यालयहरुमा स्थानिय अभिभावक लगायत सबै सहभागीहरु मिलेर गुणात्मक शिक्षा सुधारको लागि आवश्यक पहल लिने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

तालिमका मुख्य बिषयहरुमा नेता र नेतृत्व बिकास, स्थानिय सामुदायिक बिद्यालयहरुको समस्या तथा सवालहरुको पहिचान र पैरबीको शिप सम्बन्धि रहेको नेपाल एकिकृत बिकास समाजका प्रतिनिधि शक्ति कुमार लामा जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button