२ माघ २०८१, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
एकडारा गाउँपालिकालाई उद्धार सामाग्री हस्तान्तरण – Nigrani Today
ताजा खबरमधेश प्रदेश

एकडारा गाउँपालिकालाई उद्धार सामाग्री हस्तान्तरण

महोत्तरी, १७ भाद्र ÷ वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा एकीकृत ग्रामीण विकास समाज, महोत्तरीद्वारा संचालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत एकडारा गाउँपालिकालाई विपद्को समयमा उपयोग हुने खोज तथा उद्धारका सामाग्रीहरु आज भाद्र १६ गते एक कार्यक्रमका बीच एकडारा गाउँपालिकामा हस्तान्तरण गरिएको छ ।
उक्त कार्यक्रममा बोल्नु हुँदै एकडारा गाउँपालिकाका अध्यक्ष दिप नारायण मण्डलले संस्थाले प्रदान गरेको सामाग्रीहरु विपद्को समयमा प्रयोग गर्ने र यसले विपद् ब्यवस्थापनमा गाउँपालिकाको क्षमता बढाउने विश्वास ब्यक्त गर्नुभयो ।
यसैगरी गाउँपालिका उपाध्यक्ष महजबी खातुनले वर्षेनी बाढी, डुबान, आगलागी जस्ता प्रकोपको सामना गर्नु परेको वर्तमान अवस्थामा खोज तथा उद्धारमा सहयोग पुग्ने यस्ता सामाग्रीहरु महत्वपूर्ण हुने विचार ब्यक्त गर्नुभयो ।
लाइफज्याकेट, स्ट्रेचर, बुट, फायरबल, बेल्चा, गैती, सर्च लाइट सहित करीब एक लाख ३५ हजार बराबरको विभिन्न १८ प्रकार सामाग्रीहरु हस्तान्तरण गरिएको कुरा संस्थाका कार्यक्रम अधिकृत आरती चौधरीले जानकारी दिनुभयो ।
एकडारा गाउँपालिकालाई विपद् ब्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले विगत वर्षहरुदेखि नै संस्थाले तालिम, उद्धार सामाग्रीहरु सहयोग गर्दै आइरहेको छ । यसका साथै एकडारा गाउँपालिकाको स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना तयारी समेत अन्तिम चरणमा रहेको कुरा संस्थाका कार्यक्रम ब्यवस्थापक कुमार भण्डारीले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button