आफ्नो जमानाका ख्यातिप्राप्त कुस्ती खेलाडी मंगल सिंह ड्रागन फ्रुट खेतिमा रमाउदै
भक्ती रिजाल
सर्लाही । हरिवन नगरपालिका वडा नम्बर ५ मा रहेको फ्याफुल्ला फल फुल कृषि फाममा जो कोही पुग्दा पनि हसिलो र फुर्तिलो मुद्रामा एक जना ब्यक्तिले स्वागत गर्छन् , पातलो तर फुर्तिलो शरीर , तेजिला आंखा अनि मिजासिलो आनिबानी भएका ती ब्यक्तिको ब्यबहारले जो केही पनि प्रभावित हुने गर्छन् ।
उनको फेरिएको जिन्दगी र भरिएको आशा आफैमा सुनौलो अस्तित्व बनेर बाँचेको छ ।
मृदुभाषी स्वभाव र जीवनबादी सोचको उच्चतम अनुशरणले उनको जीवन लयमा बगेको सुनकोसीको सङ्गालो पनि जस्तै बनेको छ ।
उनै मंगलसिंह थिङ समयको सापेक्षतामा ठिङ्ग उभिएका छ्न् र एउटा सुधुर गन्तव्यलाई गौरबका साथ अंगालेका छ्न् ।
बिगत र बर्तमानलाई एक ठाउँमा राखेर बुझ्न् खोजियो भने त्यसबाट एउटा गहिरो समाधान निस्कने मंगल सिंहको बिस्वास छ ।
जीवनको ७० वसन्त टेकेका मंगल सिंह स्वस्थ छन् अनि फुर्तिला पनि छ्न् । जीवन भनेको संघर्ष हो तर परिणामले भोगाइलाई मापन गर्न सकिदैन भन्ने मंगल सिंह आफ्नै फ्याफुल्ला फल फूल कृषि फममा रमाएका छ्न् ।
मंगल सिंह थिङ तीस र चालिसको दसकका मसुर कुस्ती खेलाडीका रुपमा पनि स्थापित थिए ।
उनी भन्छन् “जुन बेला तागत थियो, ज्यान दोहोरो थियो अनि एउटा अनौठो आत्माबिस्वास थियो । त्यस बेला मधेस भरीका जुनसुकै कुस्तीका अखडामा पनि आफुले हार ब्यहोर्नु नपरेको उनलाई अहिले झैं लाग्छ ।”
उनि भन्छन् “भारतको सोनबर्षा सम्म पुगेर कुस्ती लड्दा पनि आफूलाई हराउने हिम्मतवाला कोही हुदैनथे । ”
दिमागी प्रयोगमा निर्णयात्मक चतुर्याइँ प्रयोग गरेर खेलिने कुस्ती खेलको जस्तो मजा अरु कुनै खेलमा नहुने रहेछ उनी बताउँछन् ।
उनले भोगेको त्यो समयमा अहिले जस्तो मोबाइल र टुइटरको जमाना थिएन थियोत चिट्ठीको समय र जमाना थियो । मंगल सिंह सम्झन्छन्, कुस्ती खेल्न सहभागी भै दिनु पर्यो भनी विभिन्न जिल्ला, विभिन्न कुस्ती संघ अनि अखडाबाट पत्र आउथ्यो र सोही बमोजिम आफु पनि सहभागी भै दिने गरेको बिगत सम्झंदै मगल सिंह रोमाञ्चित हुन्छन् ।
त्यसो त उ, जमानामा कुस्तीका अलाबा कबड्डी, भलिबल, फुटबल जस्ता खेल नभएका होइनन् तर मगल सिंह थिङको प्रेम कुस्तीमा नै बस्यो ।
अहिले उनको शरीर पातलिएको छ तर उनी स्वस्थ छन् । खदिलो र छरितो ज्यान अहिलेसम्म पनि खेलाडीकै आकृतिमा कुदिए झैं लाग्छ ।
तीस र चालिसको दशकका उनै मसुर कुस्ती बाज मंगल सिंह थिङको अहिले भने दैनिकी फेरिएको छ । मान्छे उहीँ तर समय उमेर र परिस्थिति अनुसार ब्यबहारिक पनमा परिबर्तन आएको छ ।
फ्याफुल्ला फल फुल कृषि फाम मार्फत बिगत दुइ बर्ष यता मंगल सिंहको दैनिकीमा ठूलो परिबर्तन र जिम्मेवारी थपिएको छ । स्वास्थ्यकर दैनिकीले उनलाइ भरोसा दिएको छ ।
बिहान ४ बजेबाट ओछ्यान छाडे पछि मंगल सिंहको दैनिकी सुरु हुन्छ । झन्डै १ बिगाहा मेवा खेती तथा १२ कट्ठामा ड्रागन फ्रुट खेती गरेका मंगल सिंहको उत्पादन पनि राम्रो छ । मेवा पहेलपुर भएर पाकेका छन् भने ड्रागन फ्रुटको फसल पनि रहर लाग्दो छ ।
मेहेनती किसान मंगल सिंह थिङको उत्पादनलाई बजारको समस्या छैन ब्यापारीहरु घरमै आउने गर्छ्न भने बजार पनि पर्याप्त छ । मंगल सिंह भन्छ्न, “मेवा र ड्रागन फ्रुटको माग बढ्दो छ, राम्रोसंग उत्पादन गर्ने हो भने बजारको समस्या छैन, – काठमाडौ देखिका ब्यापारीहरुले उत्पादनको माग गर्ने गरेका छन् ।
मंगल सिंह भन्छन् बिहान सबेरै उठे देखि नै बजार र ब्यापारीको माग बारे घोत्लिनु पर्छ । फुर्सद छैन् तर उत्पादन हेर्दा र सोचे भन्दा राम्रो आम्दानी आउदा खुसी लाग्छ ।
उनी हरेक बिहान ब्यापारीबाट आएको माग अनुरुपको ड्रागन फ्रुट र मेवा लाई क्यारेटमा मिलाउन ब्यस्त हुन्छन् र ७ बज्दा नबज्दै साइकलमा लोड गरेर आफै बजार सम्म पुर्याउछ्न् ।
दुई बर्ष अगाडि बीस लाख लगानी गरेर तयार भएको फ्याफुल्ला फल फुल कृषि फम आज सम्म आइपुग्दा उन्नत भएको छ । मंगल सिंहले रेखदेखमा कमी गरेका छैनन्, उनी भन्छन् -“बर्षमा दुई चोटि गोडमेल र प्राङारिक मल प्रयोग गरे पछी बर्षभरी सामान्य हेर बिचार गरे दुबै बालीलाई पुग्छ । मेवा केही बर्षमा पुनः रोप्नु पर्छ भने ड्रागन फ्रुटले लामो समय सम्म फसल दिन्छ ।
नेपालको हावा पानी अनुरुप मेवा खेती गर्नका लागि हाम्रो जमिन उपयुक्त छ ।
मौसम अनुकुल छ, तर हामी अल्छी बनेका छौं, हामीमा कर्म प्रतिको प्यास छैन,यो दु:खको कुरा हो मंगल सिंह भन्छन् ।
नेपालमा धेरै जसो मेवा लगायतका फल फुल भारतबाट आयात हुने गर्छन् । त्यस मध्ये दक्षिण भारतबाट नेपाल सम्म मेवा ल्याउदा दुई हप्ता सम्म लगाएर कन्टेनर मार्फत नेपाल भित्रिने गर्छ ।
जुन मेवाहरु कन्टेनरबाट उतार्ने र चढाउने गर्दा कुहिने, चोट लाग्ने तथा मेवाको स्वाद र शक्तिमा कमी आउने गर्छ भने,त्यही मेवा पर्याप्त मात्रामा नेपालमै उत्पादन गर्न सके खर्च कम, आफ्नै स्वाद, आफ्नौ बजार अनि हामी नै धनी हुने थियौं ।
नेपाली बजारमा मेवा उत्पादन गर्न सके हामी किसानलाई नै हाइदा पुग्ने हुदा यस तर्फ राज्य र किसान स्वयम् जागरुक हुनु पर्नेमा मंगल सिंहको जोड छ ।
नेपाल कृषि प्रदान देश हो भनेर संसारलाई थाहा छ तर हामी भने अर्काको देश ताक्छौं , मंगल सिंह भन्छन् ” हाम्रा खोला नाला, बन जंगल अनि हजारौ बिगा जमिन बाझैं छ्न् तर हाम्रो कर्म भने अर्काको देशमा सस्तो मुल्यमा श्रम बेच्नेमा पर्छ ।”
उमेरले नछेकेको र कर्मशिल योजना बोकेको मंगल सिंहको कृषि कर्म प्रती हाम्रो पनि उच्च सम्मान ।