
सर्लाही, १३ कार्तिक — सर्लाहीको चन्द्रनगर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा हरिशंकर यादव हाजिर हुनुभएको छ ।
वहाँको आगमनसँगै गाउँपालिकामा प्रशासनिक कामकाजलाई अझ प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने अपेक्षा गरिएको छ। गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत यादवलाई स्वागत गरेका छन्।
यादवको प्रशासनिक नेतृत्वमा अब चन्द्रनगर गाउँपालिकामा सेवाप्रवाह अझ चुस्त-दुरुस्त, समयमै र गुणस्तरीय रूपमा हुने विश्वास लिइएको छ। साथै विकास तथा निर्माणका कार्यहरू पनि अझ व्यवस्थित र समयमै सम्पन्न हुने आशा व्यक्त गरिएको छ।



