१९ फाल्गुन २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
उत्प्रेरणा तथा साक्षरता कक्षा तालिम सम्पन्न – Nigrani Today
ताजा खबर

उत्प्रेरणा तथा साक्षरता कक्षा तालिम सम्पन्न

सर्लाहीको लालबन्दीमा उत्प्रेरणा तथा साक्षरता कक्षा तालिम सम्पन्न भएको छ ।बागमती सेवा समाज नेपाल हरिवनको आयोजना तथा वर्ल्ड भिजनको सहयोगमा ३ दिने तालिम आज सम्पन्न भएको हो । तालिम १६ गते बाट सुरु भई आज समापन भएको छ ।

तालिममा पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिका गरि ३० जनालाई तालिम प्रदान गरिएको छ ।

३० जनै उत्प्रेरणा तथा साक्षरता सहजकर्ता ले अब आ- आफ्नो पालिकामा गई विधालय बाहिर रहेका बालबालिकालाई खोजी कार्य गर्ने तथा शिक्षा सम्बन्धि उत्प्रेरणा प्रदान गर्ने छन ।

सहजकर्ताहरुले ३ महिना सम्म उत्प्रेरणा तथा साक्षरता कक्षा संचालन गर्ने बागमती सेवा समाज नेपालका परियोजना संयोजक प्रमेश बाँदेले जानकारी दिनुभयो ।

तालिममा सहभागी सहजकर्ता ममता कुमारी यादवले गित गाएर, डांस गराएर, चित्र कोरेर, मेटाकार्ड बाट शिक्षण सिकाई हुने गरेको कुरा सिकेको बताउनुभयो ।

बालबालिकालाई माया प्रेम गरि सकाउनु, नपिट्नु, फकाई फकाई सिकाउनु उमेर पुगेका विद्यालय बाहिर रहेका सबै बालबालिकाहरूलाई विद्यालय ल्याउन हरिपुर्वा न.पा.का नगर उपप्रमुख सुमित्रा देवी ग्वारिनले सहभागीलाई आग्रह गर्नु भयाे र आफू बेलाबेलामा सहभागीले सिकाए नसिकाएका अनुगमन गर्ने समेत उहाले बताउनुभयो ।

हरिपुर्वा नगरपालिकाका प्रशासकीय अधिकृत कुमार परियारले सहजसहजकर्ता लाई सिकेको कुरा व्यवहारमा लागू गर्न बताउनुभयो । उहाले स्थानीय सरकारले गर्न नसकने काम गैर सरकारी संस्थाले गरेको बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button