२१ आश्विन २०८२, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकामा बाढी प्रभावित परिवारलाई राहत वितरण – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकामा बाढी प्रभावित परिवारलाई राहत वितरण

सर्लाहीको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकामा बाढी प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिका भित्रका हालैको बाढीबाट प्रभावित १३ घरपरिवारलाई त्रिपाल, झुल र कम्बल जस्ता खाद्य बाहेकका सामग्री वितरण गरिएको छ। वल्र्ड भिजन इन्टरनेशनल नेपाल र बागमती सेवा समाज नेपालको साझेदारीमा सञ्चालित बाल संरक्षण तथा समुदाय संलग्नता बाल स्पोन्सरशिप परियोजना अन्तर्गत उक्त सहयोग गरिएको हो।

कार्यक्रम मार्फत हालैको बाढीले ल्याएको विनाशको स्तर मूल्याङ्कन गर्न सक्रिय रूपमा घटना स्थलमा कार्यरत छन। उक्त कार्यक्रमका टोलीहरू द्वारा प्रभावित समुदायहरूको तत्काल आवश्यकतालाई बुझ्न निरन्तर प्रयास गरिरहेको छ र विशेष गरी सबैभन्दा कमजोर परिवारहरूलाई प्राथमिकता दिँदै सहयोग पु¥याइरहेको छ ।

यस सामग्री प्राप्त गरेका प्रभावित परिवारहरूले यसलाई कठोर परिस्थितिसँग जुध्न र पुनःस्थापनाको प्रक्रिया सुरु गर्न महत्वपूर्ण सहयोग हुने बताएका छन्। कार्यक्रममा बागमती सेवा समाज नेपालका परियोजना प्रमुख भरतकुमार कार्की,डब्लु भिआई नेपाल जिल्ला संयोजक सीता चौधरी, तथा अन्य सरोकारवालाहरूको उपस्थितिमा राहत सामग्री वितरण गरिएको थियो।

सो क्रममा बागमती सेवा समाज नेपालकी रजना श्रेष्ठले प्रभावित परिवारलाई तत्काल राहत दिलाउन को लागि सेल्टरका सामग्रीहरू उपलब्ध गराइएको जानकारी दिनुभयो। विपतको समयमा निरन्तर रूपमा प्रभावित समुदायलाई सहयोग गर्दै आएको दुवै संस्थाले आगामी दिनहरूमा पनि आवश्यकता अनुसार सहयोगका कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सामग्री प्राप्त गरेका परिवारहरूले भनेका छन् कि त्रिपाल, झुल र कम्बलजस्ता सामग्रीहरूले बस्न सहज हुने र छोराछोरीलाई सुरक्षित राख्न सहयोग पुग्नेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button