१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ईद उल अज़हां (बकर इद)मा सार्वजनिक बिदा दिने सरकारको निर्णय स्वागतयोग्य: प्रवक्ता अकरम पठान – Nigrani Today
लुम्बिनी प्रदेश

ईद उल अज़हां (बकर इद)मा सार्वजनिक बिदा दिने सरकारको निर्णय स्वागतयोग्य: प्रवक्ता अकरम पठान

 

कृष्णनगर, कपिलवस्तु

 

सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व ईद उल अज़हां (बकर इद)को अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको कुरा स्वागतयोग्य रहेको जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले बताए। तत्कालै गठन भएको बहुमत प्राप्त सरकारले सम्पूर्ण धर्मावलंबीको सम्मान गर्ने गरि दिइएको बिदाको मुस्लिम समुदायले हृदय देखि स्वागत गरेको समेत बताए।

 

 

मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड ईद उल अज़हां(बकर इद)को उपलक्ष्यमा इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष समेत रहेका अकरम पठानले शुभकामना व्यक्त गर्नु भएको छ।

 

मुस्लिम धर्मावलंबी हरुको महत्वपूर्ण चाड ईद उल अज़हां (बकर इद)को अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्। उहांले देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड ईद उल अज़हां(बकर इद)को हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो । साथै अहिले फैलिएको COVID-19 चाडै संसार बाट लोप होओस भन्ने अल्लाह संग प्रथाना समेत गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.