१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
राष्ट्रिय शक्ति नेपालले एमसिसिको विरोध गर्दै गरे प्रदर्शन – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारस्थानीय

राष्ट्रिय शक्ति नेपालले एमसिसिको विरोध गर्दै गरे प्रदर्शन

लालबन्दी,२३साउन । राष्ट्रिय शक्ति नेपालले एमसिसिको विरोध गर्दै लालबन्दीमा प्रदर्शन गरेको छ ।राष्ट्रिय शक्ति नेपाल जिल्ला शाखाको आयोजनामा बिहीबार लालबन्दी नगरपालिकामा एमसिसिको विरोध गर्दै जुलुस निकालिएको छ।

प्रदर्शन कार्यक्रममा एमसिसि खारेज गर, विदेशी हस्तक्षेप बन्द गर, एमसिसि चाहिदैँन, देश बेच्न पाईदैन लगायतका बिभिन्न किसिमका नारा लेखिएका प्लेकार्ड बोकेर नारा लगाउँदै बजार परिक्रमा गर्दै अकलेश्वर महादेव मन्दिर ९डुमडुमे० परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बिभिन्न बक्ताहरुले एमसिसि को बारेमा आ(आफ्नो धारणा राख्दै बिरोध गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय शक्ति नेपालमा आबद्ध सिराह, सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको आयोजका संस्थाका केन्द्रीय प्रतिनिधि एवम् पत्रकार रोहित प्रसाद पौडेलले बताए ।

प्रदर्शन कार्यक्रममा राष्ट्रिय शक्ति नेपालका केन्द्रीय अभियन्ताहरु अन्जु कुमारी थपलिया, शम्भु चौरसिया लगायत जिल्ला शाखाका पदाधिकारी लगायत महिला समिति तथा सदस्यहरू सुभेच्छुक र अन्य जिल्लाका प्रतिनिधित्वको उपस्थिति मा कार्यक्रम सम्पन्न भएको हो पत्रकार पौडेलले जानकारी दिनुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.