२९ बैशाख २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
लालबन्दी नगरपालिकाले सुरु गर्याे नेपाल मास्क अभियान – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

लालबन्दी नगरपालिकाले सुरु गर्याे नेपाल मास्क अभियान

प्रेमनाथ पौडेल
लालबन्दी,२३ श्रावन । सर्लाहीको लालबन्दी नगरपालिकाले नेपाल मास्क अभियान २०७८ सुरु गरेको छ । लालबन्दी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नेपाल मास्क अभियान आज बाट सुरु गरिएको छ ।

पुनः बढ्दो क्रममा रहेको दोस्रो चरण तथा सम्भावित तेस्रो चरणको कोभिड–१९ रोकथाम, नियन्त्रणको पूर्व तयारी स्वरुप मास्क प्रयोगको महत्व बुझाउँदै व्यवहार परिवर्तनका लागि प्रोत्साहन गर्न लालबन्दी नगरपालिकाको नगरका स्वास्थ्यकर्मीहरुको संलग्नतामा सप्ताहव्यापी नेपाल मास्क अभियान, २०७८ कार्यक्रम सुरु गरेको स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र खतिवडाले जानकारी दिए ।

कोभिड समबन्धि कसरी बच्ने,सार्वजनिक ठाउँहरुमा जनचेतना जगाउने तथा समाजिक व्यवहार परिवर्तन गराई कोभिड नियन्त्रण होस उदेश्यले मास्कको महत्व समेत बुझाइएको स्वास्थ्य शाखा प्रमुख खतिवडाले जानकारी दिए ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आइतवार वडा नं. १ स्थित नेत्रगंजमा कार्यक्रम गरिने तथा ७ वटा स्वास्थ्य संस्थाहरुले वडा नं. १ देखि १७ सम्म सप्ताह व्यापी कार्यक्रम श्रावनको २७ गते सम्म संचालन गर्ने लालबन्दी नगरपालिकाका कम्प्युटर अपरेटर कोमल हरी गौतमले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.