१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
७६१ सरकार रहने व्यवस्था लाददाँ मुलुक अस्तव्यस्त बने – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचार

७६१ सरकार रहने व्यवस्था लाददाँ मुलुक अस्तव्यस्त बने

काठमाडौँ। पूर्वमन्त्री प्रभु साहले ७६१ सरकारको भार नेपालले थेग्न नसक्ने बताएका छन् ।

शनिबार बाराको कलैयामा आयोजित आईटी आर्मीको बारा जिल्ला भेलालाई सम्बोधन गर्ने क्रममा पूर्वमन्त्री साहले नेपालको सन्दर्भमा ७६१ सरकार रहने व्यवस्था लादेर मुलुकलाई अस्तव्यस्त बनाएको टिप्पणी गरे । क्षेत्रफलमा विशाल र आर्थिक रूपमा अग्रस्थानमा रहेका देशहरुमा ५० को हाराहारी सरकार रहेको भन्दै उनले खिचडी संविधानको एक विकृत प्रणालीको रुपमा देशमा सयौं सरकार जन्माइएको टिप्पणी गरे । स्थानीय तहहरुलाई कानुन बनाउने अधिकार, कार्यकारिणी अधिकारी दिनु लुट मच्चाउने खेलको वीजारोपण रहेको पूर्वमन्त्री साहको ठहर छ । उनले देशलाई समृद्ध बनाउनको लागि वर्तमान व्यवस्थाको विकल्पमा परिस्कृत समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने उनको भनाई छ ।

ूसंसारमा काहीँ नभएको ७६१ वटा सरकार नेपालमा छ । रसिया, अमेरिका, क्यानडा, भारत, चीनजस्ता विशाल क्षेत्रफल एवम् जनसंख्या भएको र आर्थिक रुपमा सम्पन्न देशहरुमा ५० को हाराहारी भन्दा बढी छैन । तर अहिले हेर्नुस नेपालमा सयौंको संख्यामा सरकार छ । गाउँ गाउँमा कानुन बनाउने अधिकार, उच्च तहको कार्यकारिणी अधिकार दिनेजस्ता विशेषाधिकार दिएर लुट आतंकको वीजारोपण भएको छ । ू पूर्वमन्त्री साहले भने, ूसमग्रमा यो सबै वर्तमान खिचडी संविधानको उपज हो। संविधानमा लादिएका यस्ता कयौं व्यवस्थाका कारण आज देश अस्थिरताको सुरुवात हो । देशलाई समृद्ध र स्थिर बनाउने हो भने वर्तमान व्यवस्थाको विकल्प खोज्नैपर्छ ।ू

कलैयास्थित कर्णराज प्यालेसमा सम्पन्न भेलाबाट प्रदिप साहको संयोजकत्वमा आईटी आर्मीको बारा जिल्ला कमिटी गठन भएको छ । कार्यक्रममा संविधानसभा सदस्य ईस्लाम हवारी, पूर्व प्रदेशसभा सदस्य कुन्दन कुश्वाहा, नेताहरु उमेश कुश्वाहा, धुरी साह, पवन तिवारी, अमिताभ बच्चन दास, आइटी आर्मी पर्साका संयोजक सन्तोष पटेल, रौतहटका संयोजक नरेश साह लगायत सहभागी थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.