१३ चैत्र २०८०, मंगलवार | Email:- [email protected] | [email protected]
सर्लाहीमा माछा मर्दा ५ लाख बढीको क्षति – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीमा माछा मर्दा ५ लाख बढीको क्षति

हरिवन,२३ श्रावन । सर्लाहीको हरिवन नगरपालिका वडा नं. ९ सुकेपोखरीमा रहेको एक पोखरीमा अचानक माछा मर्दा करिब ५ लाखभन्दा बढीको क्षति भएको छ। स्थानिय जय माँ सन्तोषी कृषी महिला समूहले संरक्षण गरी माछा पाल्दै आएको पोखरीमा शुक्रबार राती अचानक माछा मरेको थियो।

नगरपालिकाको पोखरी ३ वर्षदेखि महिला समूहले संरक्षण गरी माछा पाल्दै आएका थिए। १० कट्ठामा पानी भएको पोखरीमा साना ठूला गरी करिब १० क्वीन्टल भन्दा बढी माछा मरेको समूहले जनाएको छ।

पोखरीको माछा मर्दा करिब ५ लाखभन्दा बढीको क्षति भएको समूहकी सचिव पवन रेग्मीले बताएकी छिन्। माछा कसरी मर्यो अहिलेसम्म खुल्न सकेको छैन। प्रहरीले पानी चेकजाँचको लागि लगेको छ। ल्याबबाट रिपोर्ट आएपछि मात्र कारण पत्ता लाग्ने रेग्मीले बताइन्। माछा किन मरेको हो भनेर भनिसक्नु पर्ने अवस्था छैन। जंगल झाड बनेको पोखरी करिब ३ वर्ष पहिले हामीलाई नगरपालिकाले संरक्षण गरी माछा पाल्नु भनेर दिएको थियो।

महिलाहरु मिलेर सफा गरी ३ वर्षदेखि हामी माछा पाल्दै आएका थियौं। कहिले केही भएको थिएन। शुक्रबार बेलुकासम्म केही भएको थिएन। शनिबार बिहान आएर हेर्दा अचानक माछा मरेको देखें।

पोखरीबाट समूहलाई ठूलो सहयोग पुगेको थियो। वर्षेनी आम्दानी हुन्थ्यो। त्यहाँबाट आएको आम्दानीले सामाजिक कार्यमा लगाउँदै आएको थिएँ। संस्था वा कसैले व्यक्तिगत रुपमा आम्दानीलाई प्रयोग गरेको थिएन। टुहुरा, वृद्धवृद्धा तथा समाजिक कार्यमा पोखरीबाट आएको पैसा खर्चिंदै आएको थिए। तर, कसरी आज त्यास्तो भयो केही थाहा नभएको सचिवले बताइन्।स्राेत अन्नपूर्ण अनलाइन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.