१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
आफुलाई बदनाम गराउने प्रपंच रचियो : अध्यक्ष महतो – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

आफुलाई बदनाम गराउने प्रपंच रचियो : अध्यक्ष महतो

सर्लाही,२५ श्रावन । सर्लाहीको चन्द्रनगर गाउँपालिका अध्यक्षले आफुलाई बदनाम गराउने प्रपंच रचिएको बताएका छन । चन्द्रनगर गाउपालिकामा इमान्दारी पुर्वक चौतर्फी विकास गर्दा पनि अनियमितता भएको झुठा विषय बस्तु उठाएर प्रपंच रचि राजनैतिक करण गरी केहि व्यक्तिले आफुलाई बदनाम गराउने खेल भएको अध्यक्ष महतोले दाबी गरेका छन ।

आ.व. २०७७।०७८ मा स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत चन्द्रनगर गाउपालिका वाडा नं. १ स्थित रामवृक्षको घर देखि भैसियाही सम्मको सडक स्तरोन्नती तथा मर्मत संम्भारको कार्य गर्नको लागि स्वीकृत योजना अनुसार भेलाबाट उपभोक्ता समिति गठन गरि रामवृक्षको घर देखि बेचन पासवानको घर हुदै भैसियाही खोला सम्मको सडकलाई स्थानीय सरकारको निर्देशिका र मापदण्द अनुसार सडक सुधारको कार्य सम्पन्न भएको थियो ।

केहि गलत मानसिकता भएका व्यक्तिहरुको निजी स्वार्थ पुर्ती नहुदा राम्रो कामलाई नराम्रो भनेर बदनियत पुर्ण तरिकाले गाउँपालिका कार्यालयलाई बननाम गराउन प्रयास गरेको महतोले बताए । केहि सञ्चार कर्मी मित्रले गाउपालिकाको अधिकारिक व्यक्तिको प्रतिकृया बिना एकतर्फी समाचार बनाई संप्रेषण गरेको प्रति आफुहरुको गंम्भिर ध्यानाकर्षण भएको गाउँपालिका अध्यक्ष महतोले बताए ।

जुन सडकमा योजना अनुसार काम भएको छ, त्यस सडकलाइ नदेखाई गलत तरिकाले खाल्टो भएको सडकलाई आधार बनाई समाचार सम्प्रेषण गरि गाउँपालिकालाई बदनाम गर्ने नियतले मिडिया बाजी गर्नेलाई पनि कानुनी दायरामा ल्याउने कार्य भईरहेको अध्यक्ष महतोले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

१६ लाख ७७ हजार जनसहभागिता सहित रामवृक्षको घर देखि भैसियाही सम्मको सडक स्तरोन्नती तथा मर्मत संम्भारको कार्यमा कहीं कुनै किसिमको अनियमितता नभएको गाउँपालिका अध्यक्ष महतोले दाबी गरे । चन्द्रनगर गाउपालिकाका सबै जनता सरोकारवालाहरुलाई यस्ता भ्रामक समाचारको पछाडी नलाग्न पनि अध्यक्ष महतोले आग्रह गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.