२९ बैशाख २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा पनि ३० औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीमा पनि ३० औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

सर्लाही,१७ मंसिर । ‘हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार’ भन्ने राष्ट्रिय नाराका साथ सर्लाही सहित देशैभरी शुक्रवार ३० औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ ।

समावेशी, सुलभ र दिगो, कोभिड–१९ पछिको विश्वतर्फ अपाङ्गता भएका व्यक्तिको नेतृत्व र सहभागिता’ भन्ने नारासहित विश्वभर ३० औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । नेपालमा भने ‘हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार’ भन्ने राष्ट्रिय नाराका साथ मनाइएको छ ।

यसैक्रममा सर्लाहीको चन्द्रनगर गाउँपालिकामा पनि ३० औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । अपाङ्गता समावेशी विकास केन्द्र नेपाल चन्द्रनगरको आयोजना अपाङ्गता समावेशी विकास केन्द्र नेपाल चन्द्रनगरका अध्यक्ष शिवनाथ राउतको अध्यक्षतामा ३० औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस चन्द्रनगरमा मनाइएको छ ।

चन्द्रनगर गाउँपालिकामा काम गर्ने अपाङ्गता समावेशी विकास केन्द्र नेपाल ( अपाङ्गता संजाल )ले ग्रामीण नारी उत्थान संघ हरीपुर र रास्ट्रीय रोजगार प्रवर्द्धन केन्द्र नेपाल मलंगवा सँग सहकार्यमा चन्द्रनगर गाउँपालिकाको प्राङ्गणमा गाउँपालिका भरीको ३ सय अपाङ्गता भएको ब्यक्तिहरुको उपस्थितिमा २५ जना अपङ्गता भएको विद्यार्थीलाई शैक्षिक सामग्री र ३० जना अपाङ्गता भएको ब्यक्तिलाइ सम्मान गरेको आयोजकले जनाएको छ ।

कार्यक्रममा ३० जना मध्ये भिसिडिसी हरिपुरले चन्द्रनगरका ९ जना अपाङ्गता भएको व्यक्तिलाई समान गरेको भिसिडिसीको प्रतिनिधि लक्ष्मी सिंहले जानकारी दिएकी छन ।

यसैगरी मलंगवा स्थित जिल्ला समन्वय समितिको हलमा नेपाल अपाङ्गता संघ गम्हरियाको आयोजनामा ३० औं अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ।संघका अध्यक्ष बिरेन्द्र रायको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीको प्रमुख आतिथ्यतामा एक समारोहको आयोजना गरि दिवस मनाइएको हो दिवसको अवसरमा नेपाल अपाङ्गता संघ गम्हरियाले जिल्लामा अपाङ्गताको क्षेत्रमा काम गर्ने विशिष्ट व्यक्ति,जेष्ठ अपंगता व्यक्ति तथा पत्रकारहरुलाई समेत मधेशको प्रतीक गम्छा ओढाएर सम्मान गरेका छन् ।

अपाङ्गता भएका ब्यक्तिलाई हेर्ने दृष्टिकोण अन्य व्यक्तिलाई हेर्ने भन्दा केही फरक रहेकोले यसलाई तत्काल परिवर्तन गर्न जरुरी रहेको प्रमुख अतिथि मेथुर चौधरीको बताउनुभयो । अपाङ्गता भएका व्यक्तिलाई दया र मायाको दृष्टिले भन्दा अधिकारमुखी दृष्टिकोणबाट हेर्दै समन्वयका लागि आफु सक्दो सहयोग गर्ने प्रमुख चौधरीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संयुक्त राष्ट्र सङ्घले सन् १९८२ को डिसेम्बर ३ तारिखमा अपाङ्गता सम्बन्धी विश्व कार्ययोजना पारित गरेपछि सन् १९९२ देखि दिवस मनाउन थालिएको हो । अपाङ्गता भएकाहरुले भोग्नु परेको समस्यामाथि छलफलसँगै चुनौतीको समाधान निकाल्न, अपाङ्गता सम्बन्धी जागरण फैलाउन र अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको हो ।

विकासोन्मुख देशमा ८० प्रतिशत जनसङ्ख्यामा अपाङ्गता भएको पाइएको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कले देखाउँछ । नेपालमा कति अपाङ्गता भएका व्यक्तिको यकिन तथ्याङ्क छैन । यस्तै उनीहरु कहाँ–कस्तो अवस्थामा रहेका छन् भन्ने कुराको जानकारी समेत नभएको राष्ट्रिय अपाङ्ग महासङ्घले जनाएको छ । महासङ्घका अनुसार २०६८ सालको जनगणना अनुसार नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको सङ्ख्या साढे पाँच लाख छ ।

कार्यक्रममा चन्द्रनगर गाउँपालिका अध्यक्ष महेन्द्र महतो , उपाध्यक्ष बिना देवि साह , शिक्षा शाखा प्रमुख हरिकान्तलाल कर्ण ,विभिन्न वडाका वाडा अध्यक्षहरु, एस एन भि नेपालका जिल्ला प्रतिनिधि अम्बिका यादव लगायतको व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.