१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
खोप कार्यक्रम लाई सफल बनाउन हरेक प्रयास गर्ने : उपाध्यक्ष मौलाना मशहूद – Nigrani Today
लुम्बिनी प्रदेश

खोप कार्यक्रम लाई सफल बनाउन हरेक प्रयास गर्ने : उपाध्यक्ष मौलाना मशहूद

 

 

 

कृष्णनगर, भाद्र २३

 

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका भवनमा कृष्णनगर नगरपालिकाको आयोजना तथा युनिसेफ फिल्ड आफिस, भैरहवाको सहयोगमा खोप सेवाको अवरोध विश्लेषण तथा योजना तर्जुमा कार्यशाला गोष्टी दुइ दिने कार्यक्रम सम्पन्न भएको छl

 

कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहको

अध्यक्षता तथा स्वास्थ्य कार्यालय प्रमुख हेमराज पाण्डेय को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छl

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि हेमराज पाण्डेय ले खोप सेवा सबैका लागि भएकाले यस्को उपयोग गर्न अपिल गर्नुभयोl

 

कार्यक्रममा बोल्दै कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले खोपले जीवन रक्षा गर्न सहयोग गर्ने भएकाले खोप कार्यक्रम सफल पार्न सबैको जिम्मेवारी रहेको, कोभिड-१९ को संक्रमण अवस्था जटिलतामा बितिरहेको बताउदै केन्द्र सरकार र प्रदेश सरकार कृष्णनगर नगरपालिकाको विकासमा गम्भीरता पुर्वक लागेर नगरको विकास गर्न अनुरोध गर्नुभयोl

 

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली ले मेरा पूर्खाहरूले अस्पताल संचालनका लागि साढे़ १० कट्ठा जग्गा दान गरेको स्मरण गराउदै आफूहरु खोप कार्यक्रम लाई सफल बनाउन हरेक प्रयास गर्ने बताउनुभयो l

 

उक्त कार्यक्रममा खोपको महत्व, खोपको उपयोगिता, खोप उपयोगितामा समस्या र समाधानका उपायहरू लगायत अन्य बिषयमा सहभागी हरूमा छलफल गरि सुरुती नेपाल, सृजना पाठक, मोहन जोशी, शिव सुवेदी, नवीन सुबेदी तथा कृष्णनगर नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी विष्णु पौडेल , गिता भट्ट लगायतले कार्यक्रममा सहजकर्ता को भुमिका निर्वाह गर्नुभयोl

 

कार्यक्रममा प्रहलाद पाण्डेय, घनश्याम चतुर्वेदी लगायत शिक्षक, स्वास्थ्यकर्मी, धर्मगुरु, महिला स्वयं सेविका

, बच्चाका आमा, वडाध्यक्षहरू, वडासदस्य, नगरपालिका का कर्मचारी लगायातको उपस्थित रहेको थियो l

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.