२४ बैशाख २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा आचारसंहिता बिवरीत चुनावी ¥यालीमा बालबालिकाको प्रयोग – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारसमाजस्थानीय

सर्लाहीमा आचारसंहिता बिवरीत चुनावी ¥यालीमा बालबालिकाको प्रयोग

सर्लाही,१३ वैशाख । सर्लाहीमा विभिन्न राजनैतिक दलहरुले निर्वाचन आयोगले बनाएको आचारसंहिताको धजि उडाएको छ । सर्लाहीका राजनैतिक दलहरुले मनोयन गर्न आउँदा चुनावी ¥यालीमा बालबालिका तथा भारतीय नम्बर प्लेटको सवारी साधन र स्कुल बसको प्रयाेग गरेको तस्बिरहरु सार्वजनिक भएको छ । सर्लाहीमा आज २० वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न राजनैतिक दलका उम्मेदवारहरु उम्मेदवारी दर्ता गराइरहेका छन । उम्मेदवारी दर्ता गराउन आउने राजनैतिक दलहरु विभिन्न नारा लगाउँदै ¥याली गर्ने क्रममा व्यपाक बालबालिकाको प्रयोग भएको हो ।

कति पय राजनैनिक दलले बाजा सहित तडक भडक साथ चुनावी ¥याली गर्ने गरेको चन्द्रनगर वडा नं. २ बस्ने स्थानिय युवा सपेन्द्र ठाकुरले बताउनुभयो । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता २०७८ जारी गरेको थियो । चुनावी प्रचारमा १८ वर्ष भन्दा मुनिका बालबालिकालाई प्रयोग गर्न नपाइने, उम्मेदवारहरुले चुनावी प्रचार प्रसारमा भारतीय नम्बर प्लेटको सवारी साधन प्रयोग गर्न नपाइने प्रवधान नभएपनि राजनैतिक दलका उम्मेदवारहरुले आचारसंहिताको उल्लघन गर्ने गरेको स्थानिय ठाकुरले जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन आयोगले जति सुकै कडाइ साथ आचारसंहिता बनाए पनि उल्लघन गर्ने क्रमम राजनैतिक दलले जारी नै राखेको स्थानियहरुको भनाइ रहेको छ । सर्लाहीको अधिकांश पालिकाहरुमा आचारसंहिता केहि न केहि हद सम्म राजनैनित दलका उम्मेदवारहरुले उल्लघन गरेको नै छ, यस विषयमा जिल्ला निर्वाचन कार्यालयको ध्यान पुग्नु पर्ने अवस्था रहेको नागरिक समाजका अगुवा रजनीकान्त झाले जानकारी दिए ।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत दिवाकर भुजेलका अनुसार सर्लाहीको २० वटै पालिकामा निर्वाचन आचारसंहिता सम्बन्धि समिति बनेको छ । कुनै राजनैतिक दलका उम्मेदवारले आचारसंहिता उल्लघंन गरेको छ भने लिखित निवेदन तथा उजुरी सम्बन्धित पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा दियो भने आवश्यक कार्वाही हुने बताउनुभयो । उम्मेदवारहरुले आचारसंहिता उलंघन गरेको पाइएमा उम्मेदवारी रद समेत हुने प्रावधान रहेको निर्वाचन अधिकृत भुजेलले जानकारी दिनुभयो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.