१९ जेष्ठ २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
चक्रघटा गाउँपालिकाम स्थायी बन्ध्याकरण घुम्ती शिविर उद्घाटन – Nigrani Today
ताजा खबरप्रदेश २शिक्षा स्वास्थ्यसमाचारसमाजस्थानीय

चक्रघटा गाउँपालिकाम स्थायी बन्ध्याकरण घुम्ती शिविर उद्घाटन

सर्लाही माघ १४। सर्लाहीको चक्रघटा गाउँपालिकाम स्थायी बन्ध्याकरण घुम्ती शिविर उद्घाटन सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय सर्लाहीको आयोजना तथा चक्रघटा गाउँपालिका अध्यक्ष विक्रम यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रममा परिवार नियोजनका महत्वको चर्चा गरिएको थियो । आज देखि सुरु गरिएको स्थायी बन्ध्याकरण घुम्ती शिविर दुई दिन सम्म चल्ने आयोजकले जनाएको छ । स्थायी बन्ध्याकरण घुम्ती शिविरको उद्घाटन गाउँपालिका अध्यक्ष विक्रम यादवले गरेका थिए।

स्थायी बन्ध्याकरण घुम्ती शिविरमा स्थायी बन्ध्याकरण मात्र नभएर पाठेघर समस्या भएका महिलालाई पनि निशुल्क सेवा दिने स्वास्थ्य कार्यलयका परिवार नियोजन अधिकृत पशुपति यादवले बताए ।

स्थायी बन्ध्याकरण घुम्ती शिविरमा महिला स्वयमसेविकाहरुको योगदान अहं रहेको अध्यक्ष यादवले बताए । ‘सन्तानका रहर पूरा भएका महिलालाई स्वयंसेविकाले गाउँ गाउँबाट घुम्ती शिविरमा ल्याएर उदाहरणीय कार्य गर्नु भएको छ ।’ उनले भने ।

कार्यक्रममा चक्रघटा गाउँपालिकाका निमित प्रशासकीय अधिकृत लालबाबु प्रसाद साह,स्वास्थ्य कार्यलयका का प्रतिनिधि , एफ पानका प्रतिनिधि बालकृष्ण श्रेष्ठ ,चक्रघटा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर साहलगायत महिला स्वयमसेविकाहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.