१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
जिल्ला विपद व्यवस्थापन समितिले बाडे ५ सय ३६ बालबालिकालाई न्यानो स्विटर – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

जिल्ला विपद व्यवस्थापन समितिले बाडे ५ सय ३६ बालबालिकालाई न्यानो स्विटर

सर्लाही,१२ माघ । सर्लाहीमा जिल्ला विपद व्यवस्थापन समितिले ५ सय ३६ बालबालिकालाई न्यानो स्विटर वितरण गरेको छ । सर्लाहीको विभिन्न पालिकामा रहेका सामुदायिक विद्यालयहरुमा जिल्ला विपद व्यवस्थापन समितिले ७ सय जना बालबालिकाहरुलाई न्यानो स्विटर वितरण गर्ने कार्यक्रम रहेको छ ।

जसमध्ये हाल सम्ममा जिल्ला विपद व्यवस्थापन समितिले बरहथवा नगरपालिका, मलंगवा नगरपालिका, गोडैता नगरपालिका र विष्णु गाउँपालिकाका सामुदायिक विद्यालय गरी ५ सय ३६ जना विपन्न बालबालिकालाई न्यानो स्विटर वितरण गरिसकोको जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो ।

खासगरी कठाग्रिदो चिसो तथा शितलहर बाट सबै बालबालिकाहरुलाई स्विटर आवश्यक भएपनि हामीले विपन्न विद्यार्थीहरुलाई मात्र उपलब्ध गराएको र जन्ताको सबभन्दा बढि नजिकको स्थानिय सरकारले पनि यस्तो कार्य गरुन भन्ने उदेश्यका साथ पालिका स्तरमै गएर स्विटर वितरण गरिरहेको जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष गौतमले बताउनुभयो ।अब बाँकी रहेका १ सय ६४ थान स्विटर पनि चाडै वितरण गरिने छ, बाँकी रहेका ति स्विटरहरु दलित तथा अपाङ्ग बालबालिकालाई चाडै नै वितरण गरिने प्रजिअ गौतमले बताउनुभयो ।

अहिले सम्म गोडैता नगरपालिका वडा नं. ५ रामवनमा मा रहेका श्रमती सरस्वती देवी कुशवाहा सामुदायिक आधारभुत विद्यालयमा १ सय २५ जना, मलंगवा नगरपालिका वडा नं. २ मा रहेको पब्लिक मा.बि.मा १ सय २० जना, बरहथवा नगरपालिका स्थित हजरियामा रहेको सरस्वती माध्यमिक विद्यालयमा १ सय ६५ र विष्णु गाउँपालिकामा रहेको सामुदायिक विद्यालयमा १ सय २६ जना बालबालिकालाई स्विटर वितरण भैसकेको जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.