१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
जेष्ठ नागरिकलाई घरेलु अपहेलनामुक्त गराउने छु : मन्त्री सिंह – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारसमाजस्थानीय

जेष्ठ नागरिकलाई घरेलु अपहेलनामुक्त गराउने छु : मन्त्री सिंह

सर्लाही,१५ असोज । प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहले जेष्ठ नागरिकलाई घरेलु अपहेलनामुक्त गराउने बताएका छन् ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुक्रबार जनकपुरमा महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री सिंहले जेष्ठ नागरिकलाई घरेलु अपहेलाबाट मुक्त गर्न ठोस नीति ल्याउने बताए ।

’घर र समाजमा वृद्धवृद्धालाई अपमान हुनेक्रम बढेको छ’, मन्त्री सिंहले भने, ‘जीवनको उतरार्द्ध समयमा जेष्ठ नागरिकलाई अपमानित हुन नदिन अगामी दिनमा ठोस कार्यक्रम ल्याउने छौं ।

’ मन्त्री सिंहले जेष्ठ नागरिक भगवानसरह भएको उल्लेख गरे । कार्यक्रममा प्रदेश २ का ८ जिल्लाका १६ जना जेष्ठ नागरिकलाई महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयले सम्मान गरेको छ ।

दिवसको अवसरमा प्रदेशको ८ जिल्लाबाट २÷२ जनालाई दोसल्ला, सम्मान पत्र र नगद ५ हजार रुपैयाँ दिएर सम्मान गरेको मन्त्रालयको महाशाखा प्रमुख देवकुमारी खत्रीले बताइन् । कार्यक्रममा तीन वृद्धा आश्रमलाई २५ हजार नगद र २५ हजार रुपैयाँको खाद्यान्न सामग्री उपलब्ध गराइएको थियो । जनकपुरको जानकी वृद्धाश्रम, सर्लाहीको पद भुवनेश्वी नमुना वृद्धाश्रम र बाराको जेष्ठ नागरिक सम्मान वृद्धाश्रमलाई पुरस्कृत गरिएको थियो ।कान्तिपुर ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.