१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
कटहरिया नमुना माविमा बिज्ञान प्रयोगशालाको उद्घाटन – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाज

कटहरिया नमुना माविमा बिज्ञान प्रयोगशालाको उद्घाटन

राकेश कुमार शर्मा

असोज १५ गते । २१ औं शताब्दी बिज्ञान र प्रविधिको युग हो भन्ने कुरा सर्बबीधित नै छ। यसै कुरालाई आकलन गर्दै रौतहटको मध्य पश्चिम भागमा अवस्थित श्री जनता नमुना माध्यमिक बिधालय कटहरिया रौतहतमा कवेस्ट फार्माच्टियुकल प्रा लि बिरगंज को आर्थिक तथा प्राबिधिक सहयोगमा नव निर्मित बिज्ञान प्रयोगशाला को समुदघाटन तथा हस्तान्रण कार्यक्रम सम्पन भएको छ। नव निर्मित बिज्ञान प्रयोगशालाको कुल लागत रु आठ लाख रहेको छ।

बिज्ञान प्रयोगशालाले यस बिधालयमा अध्यनरत हजारो बिधार्थीहरुको बिज्ञान सम्बन्धि खोज र अनुसान्धानको तृष्णा मेटाउने छ । कार्यक्रमको अध्यक्षता श्री जनता नमुना माबिको प्र अ योगेन्द्र प्रसाद कुसवाहाले गर्नु भएको थियो भने , कार्यक्रममा शुभकाना र स्वागत मन्तव्य कटहरिया बहुमुखी क्याम्पस कटहरियाका प्रमुख गजेन्द्र प्रसाद यादवले गरेका थिए।

उक्त कार्यक्रम को प्रमुख अथिति मा प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव , बिशिस्ट अथितीमा कवेस्ट फार्माच्टियुकल प्रा लि को निर्देशक प्रिथबी राज भण्डारी , कटहरिया नगरपालिकाका शिक्षा संयोजक अनिल कुमार निधि , मानव संसाधन प्रमुख अनिल जयसवाल , बिधालय ब्य्वाथापन समिति पधादिकारीहरु , शिक्षक ,तथा कर्मचारी , पत्रकार सुरक्षाकर्मीहरुको सहभागिता रहेका थिए। कार्यक्रमको उदघोष अचल कुमार साहीले गरेका थिए । हाम्रा सहकर्मी तथा श्री जनता नमुना माविका सह प्र अ राकेश कुमार शर्माले जानकारी दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.