१३ जेष्ठ २०८०, शनिबार | Email:- [email protected] | [email protected]
७० किलो लागू औषध गाँजा सहित दुई भारतीय पक्राउ – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

७० किलो लागू औषध गाँजा सहित दुई भारतीय पक्राउ

प्रेमनाथ पौडेल
मलंगवा,१७ असोज । सर्लाहीमा ७० किलो लागू औषध गाँजा सहित दुई भारतीय नागरिक पक्राउ परेको छ । पक्राउ पर्नेमा भारत विहार राज्य जिल्ला सितामाढी थाना सोनवर्षा ग्राम पंचायत सोनवर्षा वडा नं.३ बस्ने वर्ष २१ को धर्मेन्द्र कुमार मण्डल र वडा नं.१ बस्ने वर्ष १९ को भोला कुमार साह रहेको छ ।

१५ गते रातीको समयमा मलंगवा न.पा.वडा नं.९ स्थित प्रहरी चौकी गोरखकाली सर्लाही र सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी. मलंगवा सर्लाहीबाट संयुक्त रुपमा खटिएको गस्ती टोली बोर्डर एरियामा गस्ती गर्दै जाने क्रममा राती अन्दाजी २२ः५० बजेको समयमा नेपाल भारत सिमाना स्थितमा पुग्दा नेपालको मलंगवा तर्फबाट भारतको सोनवर्षा तर्फ ४÷५ जना अपरिचित व्यक्तिहरु टाउँकोमा कालो पोका बोकी गईरहेको अवस्थामा प्रहरी गस्ती टोलीलाई देखी भाग्न खोज्दा ति दुई भारतीय नागरिक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

पक्राउ परेका धर्मेन्द्र कुमार मण्डल र भोला कुमार साह उपर लागू औषध गाँजा सम्बन्धी कसुर मुद्दा दर्ता गरी सर्लाही जिल्ला अदालत मलंगवाबाट म्याद अनुमति लिई अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत प्रहरी नायव उपरीक्षक माधब प्रसाद बुढाथोकीले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.