१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा ६६ औ प्रहरी दिवसको अवसरमा विभिन्न प्रजातिका १५० वटा बिरुवाहरु बृक्षारोपण गरियाे – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीमा ६६ औ प्रहरी दिवसको अवसरमा विभिन्न प्रजातिका १५० वटा बिरुवाहरु बृक्षारोपण गरियाे

प्रेमनाथ पाैडेल

मलंगवा,१७ असोज । सर्लाहीमा ६६ औ प्रहरी दिवसको अवसरमा बृक्षारोपन कार्यक्रम गरिएको छ । आइतवार जिल्ला प्रहरी कार्यालय सर्लाही परिसर तथा जिल्ला प्रहरी कार्यालय सर्लाहीका मातहत रहेका जिल्लाभरीका ६० वटै प्रहरी युनिटहरुमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुचना अधिकृत तथा प्रहरी नायव उपरीक्षक माधब प्रसाद बुढाथोकीले जानकारी         दिए ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीको परिसर भित्र कार्यालय प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरको उपस्थितीमा र मातहत प्रहरी कार्यालयहरुमा सिनियर÷जुनियर प्रहरी अधिकृतहरुको उपस्थितिमा वृक्षारोपण कार्यक्रम सुभारम्भ गरी विभिन्न प्रजातिका १५० वटा बिरुवाहरु बृक्षारोपण गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

समाजमा शान्ति, सु–व्यवस्था, अमनचयन कायम गर्न २४ सै घण्टा समर्पित नेपाल प्रहरीको ६६ औ प्रहरी दिवसको अवसरमा वृक्षारोपण अभियान संचालन गरिएको छ । यसको संरक्षण, सम्वर्धन समेत गरी वातावरणलाई सफा, स्वच्छ, सुन्दर तथा सन्तुलन बनाउने कार्यमा प्रहरी निरन्तर प्रयत्नरत रहेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले निगरानी टुडेलाई बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.