१२ चैत्र २०८०, सोमबार | Email:- [email protected] | [email protected]
सर्पले डस्दा बालकको मृत्यु – Nigrani Today
प्रदेश २समाचारसमाज

सर्पले डस्दा बालकको मृत्यु

जलेश्वर,१७ असाेज । महोत्तरी गाउँपालिका–२ अनैठामा सर्पले डसेर गएराति एक बालकको मृत्यु भएको छ। स्थानीय मदन रामका १३ वर्षीय छोरा आकाशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

उनका अनुसार ओछ्यानमा सुतिरहेका अवस्थामा बालकलाई सर्पले डसेको थियो। उनलाई धनुषाको महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा पुर्‍याइएको थियो। केन्द्रमा उपचार गरी घर फर्किंदै गरेका अवस्थामा बालकको स्वास्थ्य स्थिति जटिल बनेपछि जिल्ला अस्पताल जलेश्वरमा लगिएको थियो। उपचारको क्रममा अस्पतालमै बालकको मृत्यु भएको प्रहरीले बताएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.