१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिपुरमा एकिकृत पाठयक्रम प्रवोधिकरण तालिम सुरु – Nigrani Today
ताजा खबरमधेश प्रदेशशिक्षा स्वास्थ्यसमाचारसमाजस्थानीय

हरिपुरमा एकिकृत पाठयक्रम प्रवोधिकरण तालिम सुरु

हरिपुर,१५ कार्तिक । सर्लाहीको हरिपुर नगरपालिकामा एकिकृत पाठयक्रम प्रवोधिकरण तथा क्षमता विकास तालिम सुरु भएको छ । शिक्षा शाखा हरिपुर नगरपालिकाको आयोजनामा सुरु गरिएको तालिममा सामुदायिक विद्यालयका कक्षा १ देखि ३ सम्मका शिक्षकहरुका लागि एकिकृत पाठयक्रम तालिम सुरु गरिएको हरिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले जानकारी दिनुभयो ।

सोमवार देखि सुरु भएको एकिकृत पाठयक्रम प्रवोधिकरण तथा क्षमता विकास तालिम १७ गते बुधवार समापन गरिने प्रशासकीय अधिकृत दासले निगरानी टुडेलाई बताउनुभयो ।

हरिपुर नगरकार्यपालिकाको सभा हलमा सुरु गरिएको तालिममा हरिपुर नगर प्रमुख जमेरुदिन मंसुर, उप–प्रमुख रेणुका काफ्ले, शिक्षा शाखा प्रमुख नागेश्वर राय, शिक्षक महासंघ हरिपुरका अध्यक्ष सुरेश मिश्र लगायत नगरभरीका कक्षा १ देखि ३ सम्मका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.