३० फाल्गुन २०८१, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिपुरमा कृषकलाई अनुदान गहुँको बीउ वितरण – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

हरिपुरमा कृषकलाई अनुदान गहुँको बीउ वितरण

कार्तिक २४ , सर्लाहीको हरिपुर नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदान गहुँको बीउ वितरण गर्न थालेको छ।

नगरपालिकाले धेरै फल्ने विजय जातको २६ टन गहुँको बीउ किसानलाई धमाधम वितरण गर्न थालेको प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेलले जानकारी दिनुभयो ।नगर भित्रका तीन सय जना किसानलाई आवश्यकता अनुसार गहुँको बीउ वितरण गरिएको हो।

परम्परागत जातको बीउ भन्दा उन्नत जातको बीउ धेरै फल्ने भएकाले पुरानो बीउलाई विस्थापित गर्दै उन्नत जातको गहुँ खेती गर्न थालेको हरिपुर -७ का किसान सुरेन्द्र चौधरीको भनाइ छ।

उन्नत जातको बीउ नगरपालिकाले अनुदानमा वितरण गर्न थालेपछि कृषकहरु गहुँ खेती गर्न उत्साहित भएका हुन ।

नगरपालिकाले १९ लाख ३ हजार रुपैयाँको गहुँको बीउ खरिद गरेको हो। त्यसैगरी नगरले ७० प्रतिशत अनुदान दुईसय जना किसानलाई च्याउको बीउ समेत वितरण गरेको छ। किसानको माग अनुसार बीउ वितरण गरेको कृषि शाखाले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button