१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
बहुजन एकता पार्टी नेपालको प्रशिक्षण कार्यक्रम सम्पन्न – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारस्थानीय

बहुजन एकता पार्टी नेपालको प्रशिक्षण कार्यक्रम सम्पन्न

धनुषा,१६ श्रावन । धनुषा जिल्लाको सबैला नगरपालिका वडा नं. १३रामपुर र रघुनाथपुरमा बहुजन एकता पार्टी नेपालको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।सोमवार दुखिया पासवानको अध्यक्षता तथा पार्टीका वरिष्ठ नेता तथा राष्ट्रिय संगठन प्रभारी राजाराम पासवानको प्रमुख आतिथ्यमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको बहुजन एकता पार्टी नेपालले जनाएको छ ।

प्रशिक्षण कार्यक्रममा सहभागीहरुलाई उपाध्यक्ष राम पुकार सदा, सह महासचिव दुर्गा बिक,महिला नेत्री प्रमिला सदा , बुधनी देवि राम, योगेन्द्र पासवान , शोभित पासवान लगायतका नेताहरुले प्रशिक्षण दिएका थिए।

प्रशिक्षण कार्यक्रममा पार्टीको निति , सिद्धांत ,रणनीति बारे ,बहुजन बिचारधारा अधारित समता ,स्वतन्त्रता ,भाइचारा एवं बन्धुत्वको माध्यमले समाज जागृत गराइ बहुजन बन्चित समाजलाई शासक बनाउन हरेक टोल ,गाउँ ,बस्ती बस्तीमा बिचार प्रचार एवं संगठन निर्माण गर्न कार्यकर्ताहरुलाई आह्वान समेत गरिएको बहुजन एकता पार्टी नेपालले जनाएको छ ।

बहुजन एकता पार्टी नेपालका वरिष्ठ नेता पासवानले जब सम्म बन्चित समाजको हक,अधिकार सुनिश्चित हुँदैन ,तव सम्म बहुजन एकता पार्टी नेपाल संपुर्ण लडाइको लागी तैयार रहेको बताए । पासवानले गरिब माथी हुने हत्या हिंसा तथा बलात्कारको प्रमुख कारण नश्लवादी चिन्तन एवं जातिवादी हावी राजनीतिक सत्ता रहेको भन्दै त्यसलाई सखाप पारेर बहुजन समाज बन्नु पर्ने धारणा व्यक्त गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.