रामजानकीले गर्यो शुभकामना आदानप्रदान

कार्तिक २२, लालबन्दी ।सर्लाहीको लालबन्दी ११ हिरापुरमा दिपावली तथा छठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । स्थनीय रामजानकी सामुदायिक कृषि उत्पादक समुहको आयोजनामा शुभकामना आदान प्रदानसहित उक्त कृषि समुहको प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको हो ।
कृषि समुहका अध्यक्ष स्थानीय किसान योगेन्द्र महतोको अध्यक्षता तथा सर्लाही क्षेत्र नम्बर १ ९क० का प्रदेश सभा सदस्य उपेन्द्र महतोको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कृषि शाखा लालबन्दीका प्रमुख गोकर्ण पौडेल, लोसपा नेता नागेश्वर साह, सुनिल कुमार साह, रोशन पासवान लगायतले बोलेका थिए ।
त्यस्तै उक्त समुहको लागि भवन निर्मान गर्न निशुल्क जग्गा दान गरेका स्थानीय महादेव महतोले समेत शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं प्रदेश सभा सदस्य उपेन्द्र महतोले रामजानकी सामुदायिक कृषि उत्पादक समुहको सफलताको कामना गर्दै आगामी दिनमा आफूले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले जिल्लाको उत्तरी क्षेत्रका किसानको समस्या भनेकै सिँचाई भएकोले आफुले सिँचाईका लागि पहल गर्ने बताए ।
कृषि शाखा लालबन्दीका प्रमुख गोकर्ण पौडेलले किसानका समस्या समाधान गर्न कृषि शाखाले काम गरि रहेको बताए ।
कार्यक्रममा सो कृषि समुहका सदस्यहरुले समुह स्थापना गर्दादेखि अहिले सम्म आफुहरुले भोगेका भोगाईहरु व्यक्त गरेका थिए ।