१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमै भेटिईन् १२६ बर्षिय बृद्धा – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीमै भेटिईन् १२६ बर्षिय बृद्धा

कार्तिक २२, सोमबार ।नेपालमा सामान्य मानिसको औषत आयू ७० वर्ष छ । सामान्यतया मानिसहरु एक सय बर्ष सम्म बाचेको भन्ने हामीले सुनेका र देखेका छौं । कतै कतै ११० वर्ष त कतै कतै ११६ वर्ष सम्म बाचेको भन्ने समाचार पनि पढेका छौं। सर्लाहीमा भने एक महिला १२६ वर्ष सम्म बाचेकी महिला भेटिएकी छन् ।

सर्लाहीको चन्द्रनगर गाउँपालिका ३ बडकुर्वाका स्थानीय राजी महतो सुडीकी श्रीमती धनेश्वरीदेवि साह सुडी १२५ वर्ष ५ महिना बाच्न सफल भएकी छन्। उनको यही कार्तिक ११ गते निधन भई सकेको छ । उनको पवित्र नदी बागमतीमा बिधिपुर्वक दाहसंस्कार समेत गरिएको छ । उनका पति राजीको भने २५÷२६ वर्ष अघि नै निधन भएको थियो ।

उनका माईला छोरा तेज नारायण महतोले त परिवारमा कति सदस्य छन् भन्ने पनि आफुलाई एकिन नभएको बताए ।५ छोराकी आमा रहेकी धनेश्वरी छोरा र नातीहरुसँगै सगोलमै बस्दै आएकी थिईन् । जिवित रहदा सम्म उनी ठमठम हिड्ने, बोल्न गर्थिन् । उनलाई देख्ने कसैले पनि उनी १२६ वर्षकी भईन भनेर विश्वास नै गर्दैनथे ।

उनको नागरिकता भने बनेको छैन तर धेरै बर्षअघि बनेको भोटलिस्टको रेकर्ड अनुसार उनको जन्म वि.सं.१९५३ साल जेठ १५ गते भएको देखिन्छ। भोट लिष्टमा भएको सोही मिति वास्तविक भएको र सोही आधारमा उनको उमेर १२६ वर्ष नै भएको उनको नाती सुरेश महतोले बताए ।

उनले धनेश्वरी १२६ वर्षकी हुन र उनको जन्म वि.सं.१९५३ मै भएको हो भन्ने आफुहरुसंग कागजी प्रमाण भोटलिष्टबाहेक अरु नभएको तर उनलाई चिन्ने गाउलेहरु अझै जिवित रहेको बताए । “विभिन्न कारणले हजुरआमाको नागरिकता बन्न सकेनछ । हामीसंग उहाँको जन्ममिति खुल्ने आधार त्यही भोटलिष्ट मात्रै छ । त्यो भन्दा विश्वसनीय आधार भनेको उहाँलाई चिन्ने उहाँभन्दा ३०÷३५ बर्ष कम उमेरका मान्छेहरु गाउँमा छन् । ती मान्छेहरुसँग सोध्दा थाहा हुन्छ ।“ उनले भने, “अर्काे कुरा उहाँसहित हामी अहिले पाँच पुस्ता जीवित छौं । म उहाँको नाती हुँ मेरै नातानातिना भैसके । परिवारमा हामी १२१ सदस्य छौं । हजुरआमाको ५ भाई छोरामध्ये मेरो बुबा र एक जना काकाबहेक अरु सबै जिवित नै हुनुहुन्छ ।“

गाउँकै जेठो र धेरै बाचेको भएर धनेश्वरीलाई गाउँका सबैले भग्वान मान्थे, स्थानीय ७५ बर्षिय तारा साहले भने । “म ३०÷३२ को हुँदा देखि नै मैले उहाँलाई देखेको हुँ ।“ तारा साह भन्छन्, “छिमेकी गाउँमा ११६ वर्ष बाचेको व्यक्ति समेत आफुले धनेश्वरीको उमेर १२६ नै हो भन्नेमा म विश्वस्त छु।“

धनेश्वरीको परिवारमा पनि कोहीसँग मनमुटाव नभएको उनकी बुहारीहरु र नातिनिबुहारीहरुले बताए । “उहाँलाई कुनै प्रकारको रोग थिएन । मज्जाले बोल्ने हिड्ने गर्नुहुन्थ्यो । हामी कोही पनि बुहारीहरुलाई कैले नराम्रो भन्नु भएन“, एकजना बुहारी भागवती देवीले बताईन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.