१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
प्रदेश स्तरीय क्रिकेट कप प्रतियोगिताको उपाधि चन्द्रनगरलाई, हरिपुर्वा उप–बिजेतामै सिमित – Nigrani Today
खेलकुदताजा खबरमधेश प्रदेशसमाजस्थानीय

प्रदेश स्तरीय क्रिकेट कप प्रतियोगिताको उपाधि चन्द्रनगरलाई, हरिपुर्वा उप–बिजेतामै सिमित

चन्द्रनगर,२३ कार्तिक । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा प्रदेश स्तरीय गाउँपालिका अध्यक्ष क्रिकेट कप प्रतियोगिताको फाईनल खेलको उपाधी चन्द्रनगरले हात पारेको छ ।

चन्द्रनगर गाउँपालिकाको आयोजनामा कार्तिक ८ गते देखि सुरु भएको प्रदेश स्तरीय गा.पा.अध्यक्ष क्रिकेट कप प्रतियोगितामा मंगलबार हरिपुर्वा र चन्द्रनगर बिच भएको प्रतिषर्धामा हरुपुर्वा नगरपालिका स्थित डुमरीयाले २० ओभर सम्म खेल खेल्दै अलआउट भएर ७९ रनको लक्ष्य चन्द्रनगरलाई दिएको थियो। निर्धारित समयभित्र १७ ओभरमै हरिपुर्वालाई पराजित गर्दै चन्द्रनगरले सहज जित निकालेको थियो ।

हरुपुर्वाले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७९ रन बनाएको थियो । जबाफी ब्याटिङम गर्न उत्रिएका चन्द्रनगरले ७ विकेट गुमाउँदै १७ ओभरमा ८० रन बनाएर उपाधि जितन सफल भएको आयोजक टिमका कप्तान शिवा साहले जनाएको छ।
प्रथम हुने चन्द्रनगरका टिमलाई ७० हजार १ रुपैया शिल्ड, मेडल, प्रमाण पत्र र दोस्रो हुने हरिपुर्वालाई ३५ हजार १ रुपैया सहित शिल्ड,मेडल तथा प्रमाणपत्र पत्र चन्द्रनगर गाउँपालिका अध्यक्ष महेन्द्र महतोको अध्यक्षतामा कार्यक्रममाका प्रमुख अतिथि प्रदेश नं. २ का प्रदेश सभा सदस्य उपेन्द्र महतोले वितरण गरेका थिए।

त्यस्तै तेस्रो हुने गोडैतालाई रु ११ हजार नगद सहित प्रमाणपत्र, र म्यान अफ दि सिरीज चन्द्रनगर टिमका खेलाडी शुशान्त सिंहलाई घोषित गर्दै रु ५ हजार तथा आकर्षक कप समेत प्रमुख अतिथि महतोले वितरण गरेको आयोजक टिमका खेलाडी अनिल साहले बताए ।

प्रदेश स्तरीय क्रिकेट कप प्रतियोगितामा बागमती प्रदेशका एक तथा सर्लाहीका १६ र प्रदेश नं. २ का अन्य जिल्लाहरु गरी जम्मा ३२ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।यसैगरी कार्यक्रममा केहि पत्रकार सहित कार्यक्रममा सहभागी विभिन्न व्यक्तिहरु समेत प्रशंसा पत्रबाट सम्मानित भएका थिए ।

प्रमाणपत्र वितरण कार्यक्रममा चन्द्रनगर गाउँपालिका उपाध्यक्ष बिणा देवी साह,चन्द्रनगर गाउँपालिका अधिकृत छैठो तथा खेलकुद संयोजक हरिकान्त लाल कर्ण,लोसपाका केन्द्रिय सदस्य नागेश्वर महतो,वडा नं. ७ का वडा अध्यक्ष रामनारायण सिंह कुवर ,वडा नं. ७ का वडा अध्यक्ष रामचन्द्र कापर,वडा ३ का वडा अध्यक्ष सिताराम महतो, वडा नं. १ का वडा अध्यक्ष बच्चेलाल राय लगायत स्थानिय, पत्रकार तथा खेलाडीहरुको उपस्थिति रहेको आयोजक टिमका खेलाडी अभिषेक महासेटले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.