१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मनकारी युवाहरुले गरे मृतक परिवारलाई विभिन्न सामग्री सहयोग – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

मनकारी युवाहरुले गरे मृतक परिवारलाई विभिन्न सामग्री सहयोग

ईश्वरपुर, २४ कार्तिक । सर्लाहीको ईश्वरपुर नगरपालिकाका मनकारी युवाहरुले एक मृत्क परिवारलाई अत्यावश्यक विभिन्न सामग्रीहरु सहयोग गरेको छ ।

बुधवार पवित्र पर्व छठको अवसर पारेर ईश्वरपुर ७ बस्ने रेश्मा महतोलाई समाजसेवी युवाहरु मिलेर खाधान्न, जाडोमा ओढन ब्लाईकेंट र लत्ताकपपडा सहयोग गरेको छ ।गत वैशाखमा ईश्वरपुर ७ बस्ने रेश्माको श्रीमान नथुनी महतोको मजदुरी गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो ।

परिवारीक अवस्था निकै नै कमजोर भएकोले मृत्ककी श्रीमती रेश्मा र ५ सन्तानलाई पुग्ने गरी नारायण मा.वि. केशरगंजका भुतपूर्व विद्यार्थीहरु बयलवास बस्ने सराेज चाैलागाइ, सागरनाथ बस्ने रोशन बराल, दिनेश थपलिया, लालबन्दी बस्ने राजेश पोख्रेल र भक्तिपुर बस्ने शम्भु आचार्यको विशेष आर्थिक  सहयोगमा खाधान्न लगायत विभिन्न सामग्री मृत्क परिवारलाई हस्तान्तरण गरिएको समाजसेवी युवाहरुले निगरानी टुडेलाई जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.