१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चाइनामा उइगर मुस्लिम माथी दमन रहेको : प्रवक्ता अकरम पठान – Nigrani Today
लुम्बिनी प्रदेश

चाइनामा उइगर मुस्लिम माथी दमन रहेको : प्रवक्ता अकरम पठान

 

कृष्णनगर, कपिलवस्तु कार्तिक २५

नेपाल सरकारका पूर्व उप प्रधानमंत्री तथा जनता समाजवादी पार्टी नेपालका राष्ट्रीय अध्यक्ष उपेन्द्र यादव आज कृष्णनगरमा आएका थिए l जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम अबदुल रहमान खान (अकरम पठान)को अगुवाईमा स्वागत उनकै निवासमा गरिएको थियो l राष्ट्रीय अध्यक्ष यादवका साथ पूर्व मंत्री दान बहादुर चौधरी, जसपा नेपाल लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव, जसपा नेपालका केन्द्रीय सदस्य नरसिंह चौधरी लगायतको आगमन रहेको थियो l मुस्लिम समाजका जानकार तथा विद्वान उलेमा हजरात का साथ अरू धर्मका जागरूक व्यक्ति तथा आम नागरिक उक्त स्वागतमा सामेल भएका थिए l

आवासमा उपस्थित व्यक्ति हरूले आ-आफ्नो समस्या तथा आफ्नो हक अधिकारको कुरा राष्ट्रीय अध्यक्ष यादव संग राखे l जसमा विस्तृत रूपमा जसपा नेपाल पार्टी तथा राष्ट्रीय नीतिको बिषयमा पूर्व उप प्रधानमंत्री उपेन्द्र यादवले
बताएकी नेपाल सरकार संग समस्याको समाधानका निम्ति हाम्रो पार्टी प्रयासरत रहेको, जस्को परिणाम छिट्टै आउने संकेत दिनुभयो l उहाँ ले भनेकी जनता लाई आफ्नो अधिक का लागि संघर्ष जारी राख्नु पर्छ तब मात्र गरीब, असहाय, व्यापारी, बेरोजगार लगायत समस्या को समाधान हुने देखिन्छl आफ्नो निवसमा उपस्थित सबैलाई धन्यवाद दिदै प्रदेश प्रवक्ता अकरम पठान ले उइगर मुस्लिम माथी चाइना मा दमन भैरहेको कुरा अवगत गराउदै तर पनि हाम्रो पार्टी ले प्रदेश नं २ को मुख्यमंत्रीमा मुस्लिम समुदाय बाट नै राखेको जिक्र गरे l उक्त कार्यक्रमको संचालन निजाम अहमद ले गरेका थिए l

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.