१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
एमालेका वार्ड कमिटी उपाध्यक्ष लोसपामा प्रवेश – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

एमालेका वार्ड कमिटी उपाध्यक्ष लोसपामा प्रवेश

कार्तिक २६, ईश्वरपुर।सर्लाहीको ईश्वरपुर १० बेलामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालद्वारा वार्ड कमिटी गठन तथा पार्टी प्रवेश कार्यक्रममा एमालेका वार्ड कमिटी उपाध्यक्ष प्रवीण चौधरी समेत ५० जना पार्टी प्रवेश गरेकाछन्।

कार्यक्रम लोसपा नेता निर्सु चौधरीको अध्यक्षता तथा सर्लाही १ क का प्रदेश सभा सदस्य उपेन्द्र महतोको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा एमालेका वार्ड कमिटी उपाध्यक्ष प्रवीण चौधरी, एमाले कै नेता रामलखन चौधरी, नेपाली काँग्रसका नागेन्द्र चौधरी लगायत ५० जनालाई महतोले लोसपाको सदस्यता दिनुका साथै टिका लगाएर पार्टीमा स्वागत गरेकाछन्।

कार्यक्रममा रामेश्वर चौधरीको अध्यक्षतामा ५१ सदस्य लोकतान्त्रिक समाजवादी पार्टी नेपालको ईश्वरपुर वार्ड न १० वार्ड कमिटी समेत गठन भएको स्थानिय नेता दिनेश ठाकुरले बताएकाछन्। त्यसै गरी कमिटीको उपाध्यायमा द्वय रामलखन राम र पवन सुन्दरी चौधरी, सचिवमा द्वय रामलखन चौधरी र राम नारायण पासवान लगायत रहेकाछन्।

कार्यक्रम लोसपा नेता नागेश्वर महतो, राम दुलार साह, सोनेलाल साह रौनियार, जिनिश महतो, मदन साह, निलाम्बर राउत, राम केवल साह लगाय उल्लेख्यरूपमा स्थानिय महिला तथा पुरूषको उपस्थितिमा सम्पन्न भएकोछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.