१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
अति विपन्न सुत्केरी महिलालाई युवाहरुले गरे आर्थिक सहयोग – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

अति विपन्न सुत्केरी महिलालाई युवाहरुले गरे आर्थिक सहयोग

ईश्वरपुर, २८ कार्तिक । सर्लाहीको ईश्वरपुर नगरपालिकामा परोपकारी मनका युवाहरुले एक अति विपन्न सुत्केरी महिलालाई चन्दा संकलन गरेर आर्थिक सहयोग गरेको छ । आइतवार ईश्वरपुर नगरपालिका वडा नं.१० खैराका स्थानिय युवाहरु तथा बाल क्लवकले गाउँमा चन्दा संकलन गरेर वडा नं. १० नै बस्ने सुत्केरी महिला सीता देवी मण्डललाई नगद रु. १९ हजार ९ सय ३३ रुपैया सहयोग गरेकोे छ ।

स्थानिय युवा राम कुमार चौधरीको नेतृत्वमा युवाहरु, बाल कल्याण, बाल क्लवको सहभागितामा गाउँमा चन्दा संकलन गरि उक्त रकम सुत्केरी महिला मण्डललाई सहयोग स्वरुप महिलाको परिवारलाई हस्तान्तरण गरिएको चन्दा संकलन अभियानमा सक्रिय रहेको समाजसेवी युवा राम विश्वास चौधरीले निगरानी टुडेलाई बताए ।

सुत्केरी महिला मण्डलको अहिले धनुषा स्थित जनकपुरको जनकपुर मधेश होस्पिटलमा उपचार भईरहेको छ । उनको बच्चा शल्यक्रिया गरी निकालिएको थियो, आमा र बच्चा दुवैको अवस्था चिन्ताजनक रहेको थियो तर हाल धेरै सुधार भएको चौधरीले बताए ।

सुत्केरी महिलाको आर्थिक अवस्था निकै नै कमजोर भएको, महिलाको शल्यक्रिया पश्चात बच्चालाई पनि एन आइ सि यु मा राखेकोले हाल सम्म अस्पतालको बिल ८० हजार पुगेकोले आफुहरु निरन्तर चन्दा संकलन कार्य सुरु गरेको समाजसेवी युवा चौधरीले बताए ।

अहिले सुत्केरी महिलाको घरमा ५ वटा छोरीहरु रहेको छ । आर्थिक अभावले गर्दा सबै समुदाय स्तरमा घुमि चन्दा संकलन गरि सो रकम उसको परिवार बुझाइएको चौधरीले बताए । आवश्यकता अनुसार फेरि पनि आफुहरु चन्दा संकलन गरि ति महिलाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता समेत समाजसेवी युवा चौधरीले गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.