१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
विश्व मधुमेह दिवस सर्लाहीमा पनि मनाईयो ,खानपान आनिबानी व्यवहारमा सुधार ल्याउन जरुरी – Nigrani Today
ताजा खबरमधेश प्रदेशशिक्षा स्वास्थ्यसमाजस्थानीय

विश्व मधुमेह दिवस सर्लाहीमा पनि मनाईयो ,खानपान आनिबानी व्यवहारमा सुधार ल्याउन जरुरी

प्रेमनाथ पौडेल
हरिवन,२८ कार्तिक।विश्व मधुमेह दिवस २०२१ सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ ।
यसै बिच सर्लाहीको हरिवन नगर स्वास्थ्य तथा सामाजिक बिकाश शाखाको आयोजनामा विश्व मधुमेह दिवस निशुल्क स्वास्थ्य परिक्षण गरि सम्पन्न गरिएको छ ।

हरिवन नगरपालिका वडा नम्बर ४का वडा अध्यक्ष धनबहादुर वाईवाको अध्यक्षता एवम नगरप्रमुख गणेश प्रसाईंको प्रमुख आतिथ्यतामा सासापुर स्वास्थ्यचौकीमा एक कार्यक्रमका बिच स्वास्थ्य शिविरको उदघाटन गरिएको हो ।

शिबिरमा १४८जनाले स्वास्थ्य परिक्षण गराई लाभ लिएका नगर स्वास्थ्य शाखा हरिवनका सह संयोजक रामबाबु चौधरीले बताउनु भयो ।
शिबिरमा हरिवन नगरपालिका सहित छिमेकी नगरपालिका का बिरामी ले समेत स्वास्थ्य परिक्षण गराएका थिए ।

स्वास्थ्य परिक्षण मा मधुमेह रोग का लक्षण देखा परेका बिरामी हरु को लागि निशुल्क औषधि का साथै स्वास्थ्य जाच गर्ने को लागि ल्याब सुबिधा र आँखा को परिक्षण समेत गरिएको नगर स्वास्थ्यशाखा ले जनाएको छ ।

शिबिर संचालन हुनुपुर्ब कार्यक्रम का बक्ता हरु ले मधुमेह रोग अरु र अन्य को कारण बाट नभएर आफ्नै आहार ब्यहार खानपान को लापरबाही कै कारण रोग हुने गरेको हुदा खानपान मा ध्यान पुर्याउन र बिलाशिता बस्तु को उपयोग भन्दा शारिरिक श्रम हुने किसिम ले आफ्नो ब्यबहार मा परिबर्तन गरेमा रोग को निराकरण गर्न सकिने मा जोड दिएका थिए ।

कार्यक्रम मा नगरपालिका कि उपप्रमुख रेनुका पौडेल ,सर्लाही जीवन हस्पिटल का डाक्टर ईन्द्रजित महतो ,नगर स्वास्थ्यसंयोजक शशिकान्त सिंह लगायत ले धारणा राख्नु भएको कार्यक्रम मा वडा नम्बर ६का वडा अध्यक्ष प्रलाहद बुढाथोकी कार्यपालिका सदस्य लिलि घिसिङ्ग , नगरभित्र का स्वास्थ्यसंस्था का प्रमुख ,नेकपा माओबादी केन्द्र कि महिला नेत्री पद्दमा मोक्तान ,विभिन्न संघसंस्था का प्रतिनिधि, स्वास्थ्यकर्मी ,महिला स्वास्थ्यकर्मी संचारकर्मी सेवागार्ही लगायत को सहभागिता रहेको सासापुर स्वास्थ्यचौकी का इन्चार्ज तथा कार्यक्रम संचालक श्यामबिनोद कुश्वाह ले बताउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.