१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीबाट एमालेको महाधिवेशन प्रतिनिधि छनौटमा मनपरीतन्त्र: नेता साह – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

सर्लाहीबाट एमालेको महाधिवेशन प्रतिनिधि छनौटमा मनपरीतन्त्र: नेता साह

सर्लाही,२९ कार्तिक ।नेकपा (एमाले) को चितवनमा मंसिर १०-१२ मा हुने १०औं राष्ट्रिय महाधिवेशनको लागि प्रतिनिधि छनौटमा मनपरीतन्त्र भएको युवा नेता चन्द्र भुषण साहको ठहर छ ।

आसन्न महाधिवेशनमा आफुहरुको चुन्ने र चुनिन पाउने अधिकारलाई पार्टीका सर्लाही जिल्ला पदाधिकारीहरुले स्वेच्छाचारीशैलीमा अलोकतान्त्रिक, असमावेशी र एकताको मर्म विपरीत हामीलाई निश्तेज गर्दै कुण्ठित गरेका नेता साहको जिकिर छ । उनले भने, यस स्वेच्छाचारी गलत कदमप्रति हाम्रो सर्लाही जिल्लाका अधिकांश नेता-कार्यकर्ताहरुको असहमति, असन्तुष्टि र आक्रोश रहेको विषयबारे हामीहरुले प्रदेश पदाधिकारी र सम्बन्धित जिल्ला नेतृत्वलाई समेत जानकारी गराईसकेका छौं । त्यसैले, यसमा चाँडैं नेतृत्वले सुधारात्मक कदम चाल्ने हाम्रो अपेक्षा छ ।

“नेकपा (एमाले) को आसन्न ऐतिहासिक एकताको १०औं राष्ट्रिय महाधिवेशनका लागि सर्लाही जिल्ला प्र.क्षे.नं. १, २ र ४ बाट प्रतिनिधि छनौट कार्य बाहिर कथित प्रचारमा ल्याईरहेको जस्तो कुनै सर्वसहमतिबाट नभई अवैधानिक, अलोकतान्त्रिक, एवं चोरबाटोबाट विधिप्रक्रिया समेत पुरा नगरीकन स्वेच्छाचारी (मनोगत), असमावेशी, एकताको मर्म विपरीत निश्तेज गर्दै, छलछाम एवं षडयन्त्रपूर्ण ढंगबाट जबरजस्ती भएको विषय सम्बन्धित सबैमा जानकारी गराईन्छ ।” भनेर उनले आफ्नो फेसबुकमा लेखेका छन् ।

त्यसैगरी, नेकपा ऐमालेका प्रदेश कमिटी सदस्य सुशील थपलियाले पनि नेकपा (एमाले) को सर्लाही जिल्लामा पुरानै हुकुमीशैली कायम नै रहेकोप्रति आक्रोश व्यक्त गर्दै, “नेकपा एमाले सर्लाही क्षेत्र नं १ को प्रतिनिधि छनौट कार्य सर्बसम्मत नभएर जबरजस्ती भयो। ” भनेर आफ्नो फेसबुकमा लेखेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.