१७ मंसिर २०८०, आईतवार | Email:- [email protected] | [email protected]
सर्लाहीमा देउवा पक्ष र पौडेल पक्षका कार्यकर्ताबीच झडप,निर्वाचन अधिकृत पाण्डे उपर हातपात – Nigrani Today
प्रदेश २राजनीतिसमाचारस्थानीय

सर्लाहीमा देउवा पक्ष र पौडेल पक्षका कार्यकर्ताबीच झडप,निर्वाचन अधिकृत पाण्डे उपर हातपात

सर्लाही,२ मंसिर । पार्टीको अधिवेशन गर्ने विषयमा सर्लाहीमा नेपाली कांग्रेसको दुई पक्षका कार्यकर्ताबीच झडप भएको छ ।आज बिहीवारका लागि तय भएको वडा अधिवेशनमा निर्वाचन अधिकृत खटाउने विषयमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका कार्यकर्ता र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका कार्यकर्ताबीच पार्टी कार्यालय मलङ्गवामा झडप भएको हो ।

पौडेल पक्षका कार्यकर्ताले निर्वाचन अधिकृत दिवाकरराज पाण्डेसहित जिल्लाका केही नेता तथा कार्यकर्तामाथि हातपात गरेका छन् ।दुई पक्षीय छलफल भइरहेका बेला पौडेल पक्षले जिल्ला पार्टी कार्यालय घेरा हालेर निर्वाचन अधिकृत पाण्डेलाई हातपात गरेका केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो ।

सर्लाही क्षेत्र नम्बर ४ का सङ्घीय संसद अमरेशकुमार सिंह समर्थित कार्यकर्ताले निर्वाचन अधिकृतमाथि हातपात गरेको बताइएको छ ।कांग्रेसका दुई पक्षीय कार्यकर्ताबीच थप झडप हुने देखेपछि जिल्लाको सुरक्षा व्यवस्था कडा बनाएको प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

0

आज सर्लाहीभरका २० पालिकाको दुई सय वडामा चुनाव गर्ने पूर्वसहमति भएको थियो । सर्लाहीमा आजका लागि तय भएको वडा अधिवेशन दुई पक्षीय विवादका कारण अन्योल भएको छ ।

यसअघि अधिवेशन गर्न खटिनुभएका निर्वाचन अधिकृत विनोद कार्कीले दुई पक्षको विवादका कारण राजीनामा दिनुभएपछि त्यसको दुई दिनपछि केन्द्रले दिवाकरराज पाण्डेलाई निर्वाचन अधिकृत खटाएको थियो । सर्लाहीमा सभापति देउवा र वरिष्ठ नेता पौडेल पक्षधरका कार्यकर्ताबीच क्रियाशील सदस्यता वितरणदेखिकै विवाद रहँदै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.