१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
गुम्बाले गर्याे जनप्रतिनिधिलाई सम्मान, बुद्ध मूर्ति समेत प्रतिस्थापन – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

गुम्बाले गर्याे जनप्रतिनिधिलाई सम्मान, बुद्ध मूर्ति समेत प्रतिस्थापन

साेम दियाली, लालबन्दी ।।
मंसिर ३, शुक्रबार ।। सर्लाहीकाे लालबन्दी १३ का वडा अध्यक्ष र वडा सदस्यसहित विभिन्न व्यक्तिहरु सम्मानित भएका छन् । साे वडाकाे तल्लाे पत्थरकाेटमा अवस्थित अार्य मन्जुश्री छाेईलिङ गुम्वा समितिले शुक्रबार एक कार्यक्रमकाे अायाेजना गरी वडा अध्यक्ष शिवकृष्ण वैद्य, वडा सदस्य माेहन कुमार राउत सहित विभिन्न सहयाेगी व्यक्तिहरुलाई कदर पत्रसहित दाेसल्ला अाेढाएर सम्मान गरेकाे हाे । वडा अध्यक्ष वैद्य र सदस्य राउतले गुम्वा निर्माणमा पुर्याएकाे याेगदानकाे उच्च मुल्यांकन गर्दै सम्मान गरिएकाे गुम्वा समितिले जनाएकाे छ ।

गुम्वा समितिका अध्यक्ष धन बहादुर ब्लाेनकाे अध्यक्षता तथा संविधानसभा सदस्य एवं पुर्वमन्त्री शम्भुलाल श्रेष्ठकाे प्रमुख अातिथ्यतामा भएकाे कार्यक्रममा बाैद्ध दर्शन, प्रवर्द्धन तथा गुम्वा विकास समितिका केन्द्रीय सदस्य विश्व लामालाई समेत कदर पत्रसहित दाेसल्ला अाेढाएर सम्मान गरिएकाे थियाे । केन्द्रीय सदस्य लामाले गुम्वाका लागि बुद्ध मूर्ति उपलब्ध गराउनमा उल्लेख्य भुमिका खेलेकाे भन्दै सम्मान गरेकाे गुम्वा समितिका अध्यक्ष ब्लाेनले बताए । त्यस्तै साे अबसरमा गुम्वा निर्माणनमा अार्थिक सहयाेग गर्ने दुई दर्जनबढी व्यक्तिहरुलाई समेत कदर पत्रसहित दाेसल्ला अाेढाएर सम्मान गरिएकाे थियाे । कार्यक्रममा काग्रेस युवा नेता नारायण गुरमछान, वडा सदस्य माेहन कुमार राउत, वडा अध्यक्ष शिवकृष्ण बैद्य लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेपाल बाैद्ध धर्म परिचय समाजका केन्द्रीय उपाध्यक्ष बाैद्ध धर्म गुरु ज्यामाङ टुल्कु, वडा अध्यक्ष वैद्य, बाैद्ध दर्शन, प्रवर्द्धन तथा गुम्वा विकास समितिका केन्द्रीय सदस्य विश्व लामा विशिष्ट अतिथि थिए । त्यस्तै लालबन्दी ११ का वडा अध्यक्ष दिपक लामा, १२ का वडा अध्यक्ष दुर्गा अाले, काँग्रेस युवा नेता नारायण गुर्मछान, उमेश थाेकर, नेपाली काँग्रेस काठमाण्डाै सर्लाही सम्पर्क मञ्चका सचिव नारायण श्रेष्ठ, साेही मञ्चका सदस्य मान बहादुर पुलामी, शिक्षाप्रेमी समाजसेवी अम्बर बहादुर थाेकर, भालुखाेप प्राविका प्रधानाध्यापक हरि गुर्मछान, गायक सन्ताेष दाहाल, प्रहरी चाैकी पत्थरकाेटका ईन्चार्ज भीम प्रसाद सुवेदी लगायत स्थानीयकाे उल्लेख्य सहभागिता रहेकाे थियाे ।

साे अबसरमा गुम्वाका लागि प्राप्त बुद्ध मूर्तिकाे धर्मगुरु ज्यामाङ टुल्कुबाट प्राण प्रतिस्थापन तथा गाडीमा राखि गाउँ परिक्रमा गरिएकाे थियाे । धर्मगुरु टुल्कुबाट गुम्वामा पूजापाठ तथा प्रवचन कार्यक्रम समेत भएकाे थियाे । मूर्ति प्रतिस्थापनसहित पुजापाठ तथा प्रवचनकाे कार्यक्रम दुईदिन चल्ने आयाेजक आर्य मन्जुश्री छाेईलिङ गुम्वा समितले जनाएकाे छ ।

कार्यक्रममा बाेल्दै प्रमु अतिथि श्रेष्ठसहितका बक्ताहरुले साे गुम्बाकाे विकासका लागि अागामी दिनमा समेत अावश्यक सहयाेग गर्ने प्रतिबद्धता जनाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.