१३ जेष्ठ २०८०, शनिबार | Email:- [email protected] | [email protected]
कम्बल पाएपछी हरिपुर्वाका जेष्ठ नागरिक तथा अपांगहरु खुसी – Nigrani Today
ताजा खबरप्रदेश २समाचारस्थानीय

कम्बल पाएपछी हरिपुर्वाका जेष्ठ नागरिक तथा अपांगहरु खुसी

मुकेश झा
हरिपुर्वा,४ मंसिर । सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नं. ३ का जेष्ठ नागरिक पूर्ण र अति अशक्त अपांगहरु कम्बल पाएपछि खुसि भएका छन ।

शनिवार हरिपुर्वा नगरपालिका वडा नं. ३ को आयोजना तथा वडा अध्यक्ष धर्मराज सिंहको अध्यक्षतामा सुरु गरिएको कम्बल वितरण कार्यक्रममा १ सय ३० जना हरिपुर्वावासीले कम्बल वितरण गरिएको थियो ।

जसमध्ये १ सय २ जना जेष्ठ नागरिक, १४ जना पूर्ण अपांग र १४ जना अति अशक्त अपांगलाई कम्बल वितरण गरिएको हरिपुर्वा नगरपालिकाले जनाएको छ ।१ सय ३० सै जनालाई कार्यक्रमका प्रमुख अतिथि हरिपुर्वा नगरपालिकाका नगर प्रमुख सियाराम रायले कम्बल वितरण गरेका थिए ।

कम्बल वितरण कार्यक्रममा हरिपुर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, वडा समिति सदस्य राजकुमार राय, शुशिल कुमार साह, फुल कुमारी माझी,पर्सा प्रहरी चौकी प्रमुख अशोक कुमार गुप्ता, जसपा प्रतिनिधि प्रमोद कुमार राय लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.