१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
बुहारीहरुले बाडे दुई अशक्तलाई ह्विल चियर – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

बुहारीहरुले बाडे दुई अशक्तलाई ह्विल चियर

अम्बिका बुढाथोकी, लालबन्दी 
मंसिर ४ गते शनिवार । मेचीमहाकाली संयुक्त बुहारी आवाज शाखा सर्लाहीको पहलमा जिल्लाका दुई जना अशक्तलाई ह्विल चियर प्रदान गरेको छ । पछिल्लो समय जिल्लामा समस्यामा परेका बुहारी र महिला तथा बालबालिकाको पक्षमा क्रियाशिल रहदै आएको शाखाले लालबन्दी र हरिपुर नगरपालिकाका एकरएक जना अशक्तलाई जनही एकरएक थान ह्विल चियर उपल्बध गराएको हो ।

ढाडको नशा च्यापिएर अप्रेशन गराउने क्रममा अशक्त भएका लालबन्दी नगरपालिका ४ हरिभवनका सिद्देश्वर महरा(जागेश्वर) र गत असार ११ गते आफैले चलाएको मोटरसाईकल दुर्घटनामा परी अशक्त भएका हरिपुर नगरपालिका ८ ईन्द्रपुरका दान बहादुर श्रेष्ठलाई एकरएक थान ह्विल चियर उपलब्ध गराईएको संयुक्त बुहारी आवाज सर्लाही शाखाकी अध्यक्ष रमा दाहालले बताईन् ।

उनीहरुको अवस्था दयनिय रहेको र ह्विल चियरको आवश्यकता रहेको शाखाकी सचिव अम्विका राउतमार्फत जानकारी पाएपछि आफुहरुले समाजसेवी, सहयोगी एवं मनकारी व्यक्ति सन्तोष दाहालसंग अनुरोध गरेर ह्विल चियर उपलब्ध गराईएको अध्यक्ष दाहालले बताईन् ।

सुमेर अस्पतालका डाईरेक्टर तथा सर्लाही(काठमाण्डौ सम्पर्क मञ्चका अध्यक्ष समेत रहेका समाजसेवी दाहालले नै दुबै ह्विल चियर उपलब्ध गराएको र आफुहरुले पीडितहरुको घरसम्म गएर प्रदान गरेको अध्यक्ष दाहालले बताईन् । जागेश्वर र दान बहादुरको अबस्था दयनिय रहेकोले अन्य मनकारी व्यक्तिहरुलाई पनि सहयोगी गर्न अध्यक्ष दाहालले अनुरोध गरेकी छन् ।

जिल्लामा समस्यामा परेका बुहारी, महिला तथा बालबालिका र उनीहरुको परिवारका सदस्य पुरुषलाई समेत सहयोग गर्ने गरेको बुहारीसंयुक्त आवाजले यसअघि पनि बलात्कार पछि हत्या गरिएकी रानीगञ्जकी प्रियंका भुजेलको परिवारलाई समेत सहयोग गरेको थियो ।

ह्विल चियर वितरण कार्यक्रममा शाखामा आवद्ध बुहारीहरुसहित लालबन्दी ४ का वडा अध्यक्ष सोम प्रसाद बराल, ९ का वडा अध्यक्ष गोपाल प्रसाद घिमिरे, माओवादी केन्द्रका नेता रामपृत यादव, दुग्ध संस्थानका प्रमुख नवीन यादवसहित अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको संस्थाले जनाएको छ ।
ह्लिल चियर पाएपछि दुबै अशक्त जागेश्वर र दानबहादुरले खुशिको आँशु खसाल्दै संयुक्त बुहारी आवाज र सहयोगी व्यक्तिलाई धन्यवाद व्यक्त गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.