१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिवनमा औधोगिक ग्राम बन्ने ,प्रदेश नं.२ कै उत्कृष्ट र नमुना औधोगिक ग्राम हुने नगर प्रमुख प्रसाईंको भनाई – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारसमाजस्थानीय

हरिवनमा औधोगिक ग्राम बन्ने ,प्रदेश नं.२ कै उत्कृष्ट र नमुना औधोगिक ग्राम हुने नगर प्रमुख प्रसाईंको भनाई

प्रेमनाथ पौडेल
हरिवन,४ मंसिर । सर्लाहीको हरिवन नगरपालिकामा औधोगिक ग्राम बन्ने भएको छ । हरिवनमा औधोगिक ग्राम प्रदेश नं.२ कै उत्कृष्ट र नमुना औधोगिक ग्राम बन्ने हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाईंले बताएका छन ।

शनिवार वडा नं. ११चापिनी खोला नजिकमा बर्षौदेखी खोलाले जमिन कटान गरि बगरमा परिणत गरेको जमिनमा तडबन्ध गरि नगर भित्रका साना औधोगिक उधोगहरु संचालन गरि औधोगिक ग्रामको बिकाश गर्ने लक्ष्यका साथ कार्यालय भवनको शिलन्यास गर्दै नगर प्रमुख प्रसाईंले यस्तो बताएका हुन ।

दुई बर्ष अघि नगरपालिकाले हरिवन नगरपालिका वडा नं. ११ र ४को सिमा क्षेत्रमा पर्ने चापिनी नदिले कटान गरि उकाश बनाएको झन्डै सात बिगाह पर्ती जमिनमा तडबन्ध गरि उक्त क्षेत्रमा औधोगिक ग्राम संचालन गर्ने नगरले निर्णय गरेको थियो ।

यसै अनुरुप उक्त क्षेत्रको बिकाश गर्ने उदेश्यका साथ नगरपालिकाले घेराबेरा बाटोघाटो खानेपानी भवन कार्यालय भवन निर्माण सोलार जडान सहितको लागि टेन्डर गरे अनुरुप मलंगवाको अवधेश निर्माण कम्पनीले भ्याट सहित १करोड ३२लाखमा टेन्डर साकार गरेको थियो ।
फाल्गुण मसान्त भित्र ५कोठे र सभा हल सहितको भवन निर्माण गरि सक्ने गरि कामलाई तिब्रता दिने लक्ष्यका साथ शनिवार कार्यालय भवनको नगर प्रमुख प्रसाईंले सिलन्यास गरेका निर्माण कम्पनीका प्रतिनिधि बिजय पुलामीले बताए ।

कार्यालय भवन निर्माण भए लगतै नगरभित्र केही लघुउधम ब्यबसाय उधोग दूध डेरि ,सस फ्याक्ट्री ,बासका मुढा बनाउने उधोग लगायतका उधोग संचालन गर्नेले उधोग संचालन गर्ने आबेदन दिएमा न्युनतम १० धुर देखि ५कठा सम्म जमिन नगर पालिकाले लिज ठेक्कामा २५ देखि ३० बर्ष सम्मको लागि दिन सक्ने हरिवन नगर प्रमुख प्रसाईंले बताए ।

यो संगै नगरभित्र केही गर्छु भन्ने सोच बोकेका युवाहरुको लागि रोजगारीको बाटो खुल्ने र यो औधोगिक ग्राम प्रदेश दुई कै उत्कृष्ट र नमुना ग्राम साबित हुने बिश्वास नगर प्रमुख प्रसाईको छ ।

शिलन्यास कार्यक्रममा हरिवन नगरपालिका वडा नम्बर ८का वडा अध्यक्ष यज्ञबिनोद ढुङ्गेल, नेकपा एमाले की जिल्ला कमिटी सदस्य अन्जना कडरिया ,उपभोक्ता हकहित संरक्षण मञ्च हरिवनका अध्यक्ष दिल बहादुर दाहल समाजसेवी अनिल हमाल लगायत नगरभित्रका व्यापारी बुद्दिजिबी तथा स्थानिय बासीको उपस्थिती रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.