१५ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
अपाङ्गता समावेशी विकास केन्द्र नेपाल दोस्रो साधारण सभा सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

अपाङ्गता समावेशी विकास केन्द्र नेपाल दोस्रो साधारण सभा सम्पन्न

सर्लाही,६ मंसिर ।सर्लाहीको चन्द्रनगर गाउँपालिकामा अपाङ्गता समावेशी विकास केन्द्र नेपालको दोस्रो साधारण सभा सम्पन्न भएको छ।अपाङ्गता समावेशी विकास केन्द्र नेपाल,चन्द्रनगरको आयोजना तथा अपाङ्गता समावेशी विकास केन्द्र नेपालका अध्यक्ष शिवनाथ राउत कहारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको हकहित बारेमा चर्चा समेत गरिएको थियो।

अपाङ्गता समावेशी विकास केन्द्र नेपालको दोस्रो साधारण सभाले आईतवार फेरी पनि राउतकै अध्यक्षतामा ९ सदस्य समिति गठन गरेको आयोजकले जनाएको छ। समितिको उपाध्यक्षमा रवि साह रौनियार, कोषाध्यक्षमा सोचित्रा चौधरी , सचीवमा पृयन्का सिंह,सदस्यहरुमा शोभा साह, बुधाइ राउत , अमृत रमानी , कृष्ण चन्द्र महतो, फेकनी खातुन रहेको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि चन्द्रनगर गाउँपालिका अध्यक्ष महेन्द्र महतोले अपाङ्गता भएको ब्यक्तिको हक हितको लागि आफु हर सम्भव प्रयास गर्ने बताए।

चन्द्रनगर गाउँपालिकामा २०७६ सालमा अपाङ्गता हक हितको लागि गठन भएको अपाङ्गता समावेशी विकास केन्द्र नेपालले चन्द्रनगर गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको विभिन्न सवालमा निरन्तर काम गर्दै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.