३१ बैशाख २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
समृद्धिको १४ अैाँ बार्षिक साधरण सभा सम्पन्न, सस्थाको खुदमुनाफा झन्डै ४८लाख – Nigrani Today
प्रदेश २समाचारसमाजस्थानीय

समृद्धिको १४ अैाँ बार्षिक साधरण सभा सम्पन्न, सस्थाको खुदमुनाफा झन्डै ४८लाख

प्रेमनाथ पौडेल
हरिवन, ८ मंसिर । सर्लाहीको हरिवन नगरपालिकामा रहेको समृद्धि बचत तथा ऋृण सहकारी संस्थाको १४औ बार्षिक साधरण सभा सम्पन्न भएको छ ।बि सं २०६५मा २५सदस्य को २५सय रुपैया शेयरपुजि रकम बाट संस्था दर्ता गरि कारोबार शुरु गरेको सस्थाले बुधबार १४औ बार्षिक साधरण सभा हरिवनको सम्राट पार्टी प्यालेसको सभा हलमा अर्जुन पन्तको अध्यक्षतामा ११सदस्य नया नेतृत्व चयन गर्दै सभा सम्पन्न गरेको हो ।

संस्थाका निबर्तमान अध्यक्ष ईन्द्र पाठकको अध्यक्षता एवम क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य तथा पुर्ब श्रम रोजगार तथा सामाजिक बिकाश मन्त्री रामेश्वर राय यादबको प्रमुख आतिथ्यतामा भएको उद्द्घाटन सत्रमा सस्थाले संस्थाका ७० बर्ष पार गरेका जेष्ठ सदस्य १० जना लाई जिवन साहरा सेतो लठी ,उत्कृष्ट कारोबार गर्ने ,असल बचत कर्ता ,बालबचत कर्ता ,असल ऋृणी ,उत्कृष्ठ शेयरकर्ता गरि पाचजना लाई दोसल्ला र र सम्मान पत्र बाट सम्मनित गरेको थियो ।

त्यस्तै सस्था स्थापना काल देखि हाल सम्म सस्था लाई गतिशिल बनाई प्रगतीको दिशामा लैजान सफल भएको भन्दै पुर्ब अध्यक्ष ईन्द्र पाठक ,श्रम रोजगार तथा समाजिक बिकाश मन्त्री रामेश्वर राय ,कृषि भुमी तथा सहकारी मन्त्रालय प्रदेश दुई की सचिब डा. नम्रता सिंह लाई कदर पत्र बाट सम्मानित गरिएको सस्थाका अध्यक्ष पन्तले बताउनु भयो ।त्यस्तै संस्थाको बन्द सत्रमा सस्थाका कोषाध्यक्ष सुरेश भट्टराईले आर्थिक बर्ष २०७७÷०७८ मा संस्थाले १५करोड ३९लाख ३१हजार ६सय ८६ रुपैयाको कारोबार गरि ४७ लाख ७० हजार २ सय ३४ रुपैया खुद मुनाफा गरेको जानकारी दिनु भयो ।

त्यस्तै ४ बर्षे कार्यकालको लागि ङ्गमेन्द्र प्रसाद घिमिरे रहेको तिन सदस्य निर्बाचन समितीले अर्जुनप पन्त अध्यक्ष रहेको ११सदस्य कार्य समिती ३ सदस्य लेखा समिती, ३ सदस्य ¥ऋृण समिती लगायत विभिन्न समिती सर्ब सम्मत चयन गरेको सस्थाका ब्यबस्थापक चिरञ्जीवी भट्टराईले बताउनु भयो ।

उहाँले जानकारी दिनु भए अनुसार सस्थाको उपाध्यक्षमा डाकुरनाथ खतिवडा ,सचिबमा सुरेश भट्टराई ,कोषाध्यक्षमा कृष्ण प्रसाद प्रसाईं सदस्यहरुमा मकुन्द्द श्रेष्ठ ,डा ईन्द्रजित महतो ,बम बहादुर लोप्चन ,तिलकुमारी लामा ,उर्मिला बस्नेत र मिरन कुमारी महतो रहेकोे छ ।
त्यस्तै सभाको बन्द सत्रले लेखा संमितीको संयोजकमा बासुदेब निरौला ,रहेको तीन सदस्य लेखा समिती त्यस्तै सुरेश भट्टराई संयोजक रहेको तीन सदस्य ऋृण समिती समेत सर्ब सम्मत रुपमा चयन गरेको बताईएको छ ।

साधरण सभाका बक्ताहरुले संस्थाले आर्थिक कारोबार गरि बिपन्न आर्थिक रुपले पछाडी परेकाहरुको जीवनस्तर माथी उकास्न र महिला हरुको साथै सामाजिक बिकाशका काम सर्हानिय काम गरेको प्रती सस्थाको प्रगतीको कामना सहित शुभकामना ब्यक्त गरेका थिए ।

सभामा नेफस्कुन हरिवन फिल्ड शाखाका प्रमुख महेश बराल ,सहकारी बिकाश बैंक हरिवनका प्रमुख ,ईलाका प्रसासन कार्यालय हरिवनका टेष्टराज भण्डारी ,कृषि भुमी तथा सहकारी मन्त्रालय प्रदेश दुई की सचिब डा. नम्रता सिंह ,जिल्ला समन्वय समितीकी उप–प्रमुख जमुना पौडेल लगायतले सहकारीले खेलेको भुमिकाको बारेमा आ–आफ्नो धारणा राख्नु भएको सस्था प्रबन्धक चिरन्जिबी भट्टराईले बताउनु भयो ।हाल संस्थामा १ हजार ८ सय भन्दा बढी शेयर सदस्य रहेका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.