१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चन्द्रनगरका विद्यालयहरुमा कलस्टर शिक्षण अनुगमण गरियो – Nigrani Today
मधेश प्रदेशशिक्षा स्वास्थ्यसमाचारसमाजस्थानीय

चन्द्रनगरका विद्यालयहरुमा कलस्टर शिक्षण अनुगमण गरियो

चन्द्रनगर, १० कार्तिक । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा रहेको विद्यालयहरुको कलस्टर शिक्षण अनुगमण गरिएको छ । आरटी आईको आयोजनामा ईजिआरपी दोश्रो कार्यक्रम अन्तर्गत गृह विद्यालय सञ्चालन भइरहेको कलस्टर शिक्षणलाई गाउँपालिकाको पाँच वटा विद्यालय गरी १५ वटा कलस्टर अनुगमण गरिएको आयोजक संस्थाका कार्यक्रम अधिकृत नरेश गुप्ताले जानकारी दिए ।

कोरोना महामारीका कारण कक्षा १ देखि ३ सम्म पाठय विषय बस्तु अध्यन अध्यापन हुन नसकेकोले हाल विद्यालय सञ्चालन भएपछि विद्यालयको समय बाहेक दुई घण्टा सम्म अतिरिक्त समय दिई पाठय विषय बस्तु अध्यापन गराउनको लागि कलस्टर शिक्षण लागु गरिएको आयोजक संंस्थाका प्रतिनिधि गुप्ताले बताए ।

ईजिआरपी दोश्रो कार्यक्रम सर्लाहीका २० वटै पालिकामा भए पनि गृह विद्यालय कार्यक्रम चन्द्रनगर, ब्रह्म्पुरी, चक्रघटा, धनकौल गाउँपालिकामा लागु भएको आयोजकले बताए ।

ईजिआरपीले कक्षा १ देखि ३ सम्मका बालबालिकाहरुलाई पठन सिप प्रवद्र्धन गर्नका लागि युएस ए आईडीको आर्थिक सहयोगमा नेपाल सरकार द्धारा कार्यक्रम सञ्चालन गरिएकोले यो कार्यक्रम सबै पालिकालाई प्रभावकारी हुने आयोजक संस्थाका जिल्ला संयोजक राजेश झाले दावी गरे ।

कलस्टर अनुगमन कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका उपाध्यक्ष विणा देवी साह, शिक्षा शाखा प्रमुख हरिकान्त लाल कर्ण, शिक्षा अधिकृत कमला बस्नेत, समाजिक विकास शाखा प्रमुख कृष्ण प्रसाद आचार्य लगायत आयोजक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.